शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियो खेल्दा घुमाउरो पारा यौन प्रस्ताव आउँथ्यो –अभिनेत्री स्वस्तिमा खड्का

सोमबार, २८ पुस २०७६, १९ : १६
सोमबार, २८ पुस २०७६

काठमाडौं । अभिनेत्री रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा महिला र पुरुष दुबै कलाकार शोषणा पर्ने गरेको बताएकी छन् । सोमबार पत्रकार डिभी खड्काले पुस्तक ‘नियत’ सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सो बताएकी हुन् । 

‘नियत’मा नेपाली चलचित्र क्षेत्रका धेरै महिला कलाकारको पीडा उठाइएको छ । यहाँ महिला मात्र हैन, पुरुष पनि त्यत्तिकै पीडित छन्’ रेखाले भनिन् ‘चलचित्रमा नायकको रुपमा प्रस्तुत हुन उनीहरुले भोग्नु परेका पीडाहरुलाई मैले नजिकबाट नियालेको छु ।’ ‘पुरुषको शोषण पाटो उठाउन नसक्नु पुस्तकको कमजोर पक्ष हो’ रेखाले थपिन् ‘अब पुरुषहरुको पीडामा पनि पुस्तक लेखिनपर्छ ।’

कार्यक्रममा आफुले मोडलिङबाट अभिनय करियर सुरु गरेको बताउँदै रेखाले फिल्ममा आउँदा तयारीका साथ आएकोल शोषित हुनुनपरेको बताइन् ।  रेखाले सार्वजनिक कार्यक्रममा फ्यानबाट घेरिँदा रमाईलो लागेपनि केही फ्यानहरुले जबरजस्ती अंकमाल गरेर टाँसिएर फोटो खिच्दा दिक्क लाग्ने बताइन् । भनिन्, ‘किन भने फोटो खिच्नुको पछाडी उनीहरुको नियत नै खराब हुन्छ ।’

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट यौनको प्रस्ताव आएको बताइन् । ‘म नेपाली चलचित्रमा आउनु पूर्व म्युजिक भिडियोमा काम गर्थे’ उनले भनिन् ‘सो क्रममा केही ब्यक्तिबाट घुमाउरो पारा यौन प्रस्ताव आउने गर्दथ्यो ।’ उनले थपिन्, ‘भिडियोमा काम गर्दा त्यसलाई मैले बेवास्ता गरें ।’ चलचित्रमा आएपछि आफुले नियमित रुपमा प्रोफेस्नलहरुसँग काम गरेको उनले जानकारी दिइन् । उनले थपिन्, ‘निर्देशक निश्चलसँग विवाह गरेपछि मलाई दर्शकदेखि चलचित्रकर्मीसम्मले हेर्ने नियत निकै सम्मानित भएको छ । उनले आफु गलत नियतको शिकार कहिल्यै हुनु नपरेको बताइन् । 

कार्यक्रममा कलाकार लक्ष्मी बर्देवाले अभिनय क्षेत्रमा गलत नियतको सिकार हुनु नपरेको बताइन् । ‘पुस्तक नियत पढ्दा नेपाली चलचित्रमा यस्तो सम्म हुँदो रहेछ भन्ने जानकारी भयो’ उनले भनिन्, ‘केही वर्ष अघि एउटा नयाँ चलचित्रमा मलाई नायिकाको प्रस्ताव आयो । त्यहाँ पुग्दा सबै नयाँ कलाकारले काम गरेको देखें । अरु पनि नयाँ नायिकाहरु थिए । निर्माण टिमबाट मलाई घुमाउरो रुपमा कास्टिङ क्राउजको प्रस्ताव आयो । मैले त्यो फिल्ममा काम गरिन ।’ उक्त चलचित्रमा काम गर्ने नयाँ नायिकाहरुले यौन शोषणको शिकार हुनुप¥यो कि परेन भन्ने थाहा नभएको बताइन् । 

पत्रकार डिबी खड्का (धनबहादुर खड्का)ले पुस्तक ‘नियत’ बिभिन्न बहानामा चलचित्र क्षेत्रमा महिला कलाकार माथि गरिने गलत २० शीर्षकमा छोटकरीमा उठाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप