शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासल र एपीएफको बराबरी

सोमबार, २८ पुस २०७६, १८ : १२
सोमबार, २८ पुस २०७६

काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

दशरथ रंगशालामा सोमबार भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । तुलनात्मक रुपमा राम्रो खेलेको च्यासलले बढी मौका खेरफालेको थियो । 
बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । एपीएपका राजन गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै ६ खेलबाट ६ अंक बनाएको च्यासल १०औं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप