पैदलयात्रुलाई बाटो काट्न सिकाउँदै सडकमा ट्राफिक (फोटोफिचर)
काठमाडौँ । जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।
ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नुभएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला ।
ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैन । अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवाले २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौँ ।
एसएसपी ढकालले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । साथै, उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिनेछ ।’
‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीमा सञ्चालन गरेका छौँ,’ महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल सोही स्थानमै २० मिनेटको कक्षा दिनेछौं । आजमात्रै करिव १,००० पैदलयात्रीलाई सचेतना कक्षा दिइएको छ ।’
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान सञ्चालन गरेको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिने प्रवक्ता श्रेष्ठले भने ।
यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'