शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अचम्मै ! ७०० फीट माथिबाट खसाउँदा पनि फुटेन अण्डा

सोमबार, २८ पुस २०७६, १४ : ४६
सोमबार, २८ पुस २०७६

अण्डा तपाईं हामीमध्ये धेरैले खाने गर्छौं । अण्डा खानेलाई पनि र नखानेलाई पनि थाहा छ– अलिकति ठक्कर लाग्यो भने वा अलिकति माथिबाट खस्यो भने पनि अण्डा फुटिहाल्छ । तर निक्कै माथिबाट अण्डा खस्दा पनि फुटेन भने चाहिँ के हुन्छ नि रु जवाफ दिन सक्नुहुन्छ रु

जवाफ सोझो छ– अचम्म नै हुन्छ नि  हैन त ! अनि अचम्म मात्र हैन, त्यस्तो घटनाले कहिले काहिँ कीर्तिमानको रुप पनि लिन्छ । त्यस्तै कीर्तिमान डेबिट डोनोघु नामक व्यक्तिले कायम गरेका छन् ।

बेलायतका लंकासायरको ब्लाकपुलस्थित एउटा गोल्फ क्लबमा अगस्त २२, १९९४ का दिन उक्त कीर्तिमान कायम गरेका हुन् । त्यस दिन डेभिडले २१३ मिटर अर्थात् करीब ७०० फिटमाथि हेलिकोप्टरबाट गोल्फ क्लबको मैदानमा ताजा अण्डाहरु फाले । अचम्म उनले फालेका ती अण्डाहरु फुटेनन् । फलतः त्यसले कीर्तिमानको रुप लिन पुग्यो ।

स्रोतः गिनेस बुक अफ वर्ल्ड  रेकर्डस

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप