बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेरेनाले तोडिन् उपाधिको खडेरी

सोमबार, २८ पुस २०७६, १२ : २३
सोमबार, २८ पुस २०७६

अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सले तीन बर्षपछि उपाधि जितेकी छन् । छोरी जन्मिएपछि उपाधि विहिन बन्दै आएकी ३८ बर्षीया सेरेनाले आइतबार अक्ल्यान्ड क्लासिक टेनिसको उपाधि जितिन् । 

पूर्व विश्वनम्बर एक सेरेनाले सन् २०१७ पछि पहिलो पटक उपाधिको खडेरी तोडेकी हुन् । फाइनलमा उनले अमेरिकाकै जेसिका पेगुलालाई २–० को सोझो सेटमा हराइन् । सेरेनाले ६–३, ६–४ को सहज जित निकालेकी थिइन् । २३ पटक ग्रान्डस्लाम विजेता सेरेनाको यो ७३औं डब्लुटीए उपाधि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप