बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा विभिन्न व्यक्तिहरु सम्मानित

सोमबार, २८ पुस २०७६, १२ : १६
सोमबार, २८ पुस २०७६

लण्डन । बेलायतवासी नेपालीद्वारा सञ्चालित क्रियटिभ मिडिया कम्पनी  ‘ह्याब अ मोमेन्ट’ ले एक कार्यक्रमको आयोजना गरि स्थानीय नेपाली समुदायमा विशिष्ट योगदान पुर्‍याउँदै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आइएनइए अवार्ड यूके २०२० द्वारा सम्मान गरेको छ । 
 यो कुनै प्रतिष्पर्धा नभई समाजमा राम्रो काम गर्नेलाई सम्मान गरिएको र राम्रो काम गर्न थप हौसला मिलोस भन्ने उद्देश्यले अवार्ड प्रदान गरिएको हयाब अ मोमेन्टकी निशा गुरुङले बताइन् ।
शनिबार साँझ सम्पन्न सो कार्यक्रममा समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, मिडियाकर्मी लगायतका विभिन्न  विधामा अवार्ड वितरण गरिएको थियो ।

 सम्मान पाउनेहरुमा  वेष्ट डिजेमा  डिजे सिभा, वेष्ट फोटोग्राफर ज्ञान गुरुङ, वेष्ट इभेन्ट गोर्खा कप, विजनेश इन्फ्लुएन्सर योगेन क्षेत्री, स्पोर्टस् पर्सन कुशल लिम्बु, सोसल एक्टिभिष्ट लेक्स लिम्बु, मेकअप आर्टिष्ट प्रेक्षा बस्नेत गुरुङ, एक्टर मेल धिरज मगर, एक्टर फिमेल जसिता गुरुङ, निर्देशक मिलन चाम्स, वेष्ट मिडिया पर्सनालिटी नवीन पोखरेल, द साइनिङ स्टार प्रतिष्ठा (तृष) राउत, योङ इन्टरप्रिनर धन तामाङ, यु ट्यूबर सेगा गुरुङ, पब्लिक सर्भिस पुष्पा सुनुवार, म्यूजिक आर्टिष्ट जय अथर, आउटस्टयाण्डिङ अचिभमेन्ट स्नेहा शाक्य श्रेष्ठ (ब्यारिष्टर), प्यारामाउण्ट अचिभमेन्ट निम्स पुर्जा रहेका छन्  ।

 प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई, एनआरएनए यूके पूर्व अध्यक्ष योगकुमार फगामी, काउन्सिलर प्रवेश केसी लगायतले अवार्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजदूत डा. दुर्गा बहादुर सुवेदीले युवा समूहद्वारा गरिएको कार्यक्रमको प्रशंसा गर्दै यस्तो कार्यक्रम नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणादायी बन्ने धारण व्यक्त गरेका थिए । अवार्ड तथा सम्मान कार्यक्रम नेपाली नेपाली बीचमा मात्र नभई नेपाल र नेपालीहरुको कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न मद्दत पुर्याउने विदेशीहरुलाई पनि सम्मान गरिनुपर्ने राजदूत सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप