केन्द्रीय संस्करण

विचार पुष्पलालको तर नेतृत्व ?

राष्ट्रिय बिभूति पुष्पलाल श्रेष्ठ

person explore access_timeपुस २८, २०७६ chat_bubble_outline0
गोपाल किराती

रातोपाटी

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिले ०७६ साउन १० गते नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमा एक पत्र दर्ता गरायो । जसमा भनिएको छ ः

विश्व कम्युनिस्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलनका विचारक कमरेड पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गरी सम्मानित गरियोस् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी सङ्गठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकताको नेता बिरलै पाइन्छ । समाजको गुणात्मक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गरेका कमरेड पुष्पलाल पारिवारिक सहादतको इतिहासमा ‘नेपाली लेनिन’ हुन् ।

अतः उहाँका वैज्ञानिक योगदानको वस्तुगत मूल्याङ्कन गरी उहाँलाई राष्ट्रिय विभूति घोषित गर्दा गणतन्त्र नेपालको सुदृढीकरण तथा वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिस्टहरुलाई मात्र होइन, लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्नेछ ।

४१औँ पुष्पलाल स्मृति दिवश, ०७६ साउन ७ गते आयोजित सभामा कमरेड पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणाका लागि सङ्घर्ष गर्ने निर्णय गरियो । जसलाई, कार्यरूप दिलाउन संस्कृति मन्त्रालयमा मागपत्र दर्ता गरिएको हो । पुष्पलालप्रतिको न्याय तथा गणतन्त्रलगायत जनयुद्ध र जनआन्दोलनका उपलब्धि रक्षार्थ राज्यले यो माग पूरा गर्नै पर्छ । अन्यथा कम्युनिस्ट खोल ओढेर देश र जनता लुट्ने खड्ग ओली सरकारको दिन गन्ति यहीँबाट सुरु हुनेछ ।


“पुष्पलाल मात्र भन्नुपर्छ, ‘श्रेष्ठ’ भनेर उहाँलाई जातमा कैद गर्नु हुँदैन” भन्ने केही साथीहरु पनि छन् । परन्तु, श्रेष्ठ लेख्न प्रतिबन्धित गर्नेमध्ये कसैले पनि आफ्नो परम्परागत थर, जात, जाति छाडेको पाइँदैन । सुरुतिर हामीले पनि ‘पुष्पलाल’ मात्र भन्ने र लेख्ने गरेका हौँ । क्रमशः ज्ञात भयो कि प्रथम महाधिवेशन वरपर पार्टी केन्द्रीय समितिमा नेवारी मूलका धेरै कमरेड देखिएपछि मनमोहन अधिकारी र शैलेन्द्रकुमार उपाध्यायहरु ‘यो नेवारको पार्टी हो ?’ भनेर खुब चिच्याउँदै आफ्नो जातवादी अहङ्कार प्रदर्शनमा लागे ।


‘श्रेष्ठ’ लेख्न प्रतिबन्ध !

“पुष्पलाल मात्र भन्नुपर्छ, ‘श्रेष्ठ’ भनेर उहाँलाई जातमा कैद गर्नु हुँदैन” भन्ने केही साथीहरु पनि छन् । परन्तु, श्रेष्ठ लेख्न प्रतिबन्धित गर्नेमध्ये कसैले पनि आफ्नो परम्परागत थर, जात, जाति छाडेको पाइँदैन । सुरुतिर हामीले पनि ‘पुष्पलाल’ मात्र भन्ने र लेख्ने गरेका हौँ । क्रमशः ज्ञात भयो कि प्रथम महाधिवेशन वरपर पार्टी केन्द्रीय समितिमा नेवारी मूलका धेरै कमरेड देखिएपछि मनमोहन अधिकारी र शैलेन्द्रकुमार उपाध्यायहरु ‘यो नेवारको पार्टी हो ?’ भनेर खुब चिच्याउँदै आफ्नो जातवादी अहङ्कार प्रदर्शनमा लागे । प्रतिक्रियामा पुष्पलालले भने– ‘अब म श्रेष्ठ छाडेर पुष्पलाल मात्र लेख्छु ।’ त्यसरी ‘श्रेष्ठ’ हटाउन आहत तुल्याउने जातवादीहरुले चाहिँ मर्ने बेलासम्म आफ्नो जात थर किन छाडेनन् र प्रधानमन्त्री निवासमा प्रवेश गर्दा कालो बोका काटेर झण्डामा भोग चढाए ? अतः नेपाली कम्युनिस्ट आन्दोलनमा सुरुदेखि नै ‘जो चोर, उसैको ठूलो स्वर’ चरितार्थ गर्दै जातिवादी हिंसा थोपरिएको प्रतिवादमा हामीले भन्ने र लेख्ने क्रममा पुष्पलालको ‘श्रेष्ठ’ अनिवार्य गर्नुपरेको छ ।

जहाँसम्म ‘श्रेष्ठ’ लेख्दा कमरेड पुष्पलाल सर्वहारा अन्तर्राष्ट्रवादी नहुने चिन्ता छ, त्यसमा खास कुनै सैद्धान्तिक अर्थ छैन ।


क. मोहन वैद्यको एउटा आलेखमा पुष्पलाल श्रेष्ठलाई ‘संसदवादी’ करार गरिएको छ, जुन गलत र वस्तुतः आनन्दबहादुर क्षेत्री उपनामका मोहनविक्रम सिंहको निरन्तरता मात्र बन्न पुग्छ । जहानिया राणाशासन र राजतन्त्रात्मक निर्दलीय पञ्चायतविरुद्ध संसदीय प्रजातन्त्र प्रगतिशील तत्व हो, जसरी आज सामन्ती राजतन्त्रको सट्टा पुँजीवादी गणतन्त्रलाई प्रगतिशील मान्नु पर्दछ ।


मोहन वैद्यको यान्त्रिकता

क. मोहन वैद्यको एउटा आलेखमा पुष्पलाल श्रेष्ठलाई ‘संसदवादी’ करार गरिएको छ, जुन गलत र वस्तुतः आनन्दबहादुर क्षेत्री उपनामका मोहनविक्रम सिंहको निरन्तरता मात्र बन्न पुग्छ । जहानिया राणाशासन र राजतन्त्रात्मक निर्दलीय पञ्चायतविरुद्ध संसदीय प्रजातन्त्र प्रगतिशील तत्व हो, जसरी आज सामन्ती राजतन्त्रको सट्टा पुँजीवादी गणतन्त्रलाई प्रगतिशील मान्नु पर्दछ । नेपाली क्रान्तिको सामरिक कार्यदिशाको प्रश्नमा, प्रधान दुस्मनका विरुद्ध संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माओ विचार आधारित थियो । राजतन्त्रात्मक मण्डले निरङ्कुशताविरुद्ध संसदवादी नेपाली काँग्रेस समेतलाई लिएर संयुक्त जनआन्दोलन तत्कालीन परिस्थितिको वस्तुगत आवश्यकता थियो । आफ्नो नयाँ जनवादी कार्यक्रममार्फत दीर्घकालीन सशस्त्र किसान सङ्घर्षको अपरिहार्यता जाहेर गरेका पुष्पलाल श्रेष्ठ संयुक्त जनआन्दोलन विकसित गर्दै त्यसको उत्कर्षमा सशस्त्र विद्रोहद्वारा नयाँ जनवादी गणतन्त्र स्थापनाको रणनीतिमा थिए ।

परन्तु, कम्युनिस्ट विरोधी बीपी कोइरालाको निधनपछि मात्र ०४६ मा निर्दलीयता विरोधी संयुक्त जनआन्दोलनमा पुष्पलाल विचार अभिव्यक्त भयो । नयाँ जनवादी क्रान्तिका निमित्त संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माले हुँदै एमाले तथा मनमोहन अधिकारीको संसदीय विसर्जनवादका कारण बहुदलीय प्रजातन्त्रमा सीमित गर्ने धृष्टता बढ्यो । परन्तु, अघि बढेर नेपाली कम्युनिस्ट आन्दोलन महान जनयुद्ध हुँदै पुँजीवादी गणतन्त्रसम्म पुगेको छ । यसमा पुष्पलाल विचारको संयुक्त जनआन्दोलनले महत्त्वपूर्ण योगदान गरेको छ र समाजवादी गणतन्त्रका लागि संयुक्त जनआन्दोलनको ऐतिहासिक महत्त्व अझ बढेको छ ।

अतः राजतन्त्रात्मक निर्दलीय शासनविरुद्ध बहुदलीय संसदको पुष्पलाल कार्यनीति, जसमा नेपाली काग्रेससँग जसरी माओवादीले बाह्रबुँदे समझदारी गरियो, लाई ‘संसदवादी करार’ गर्न मिल्दैन । त्यसो गर्दा पुष्पलालप्रतिको पूर्वाग्रह, संयुक्त जनआन्दोलनको रणनीतिबारे अज्ञानता र यान्त्रिकता मात्र हुन पुग्छ ।


नेपालमा नयाँ जनवादी क्रान्तिको प्रणेता पुष्पलालको नेतृत्व अस्वीकार गर्नुपर्ने कारण के थियो, जसले गर्दा नयाँ जनवाद नै भन्ने माले र एमालेको पुर्खा झापाली समूह, नयाँ जनवाद नै भन्ने मोहनविक्रम सिंहको चौथो महाधिवेशन समूह तथा मनमोहन अधिकारीले पुष्पलाल नेतृत्व अस्वीकार गर्दै उल्टै भण्डाफोरमा उत्रनु पर्‍यो ?


विचार पुष्पलालको तर नेतृत्व ?

महान जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र घोषणायताको अर्थ–राजनीतिक परिस्थतिमा नेपाली क्रान्तिको राजनीतिक कार्यदिशाबारे बहस घनिभूत बनेको छ । राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविका जस्ता नयाँ जनवादी क्रान्तिका कार्यभारहरु सहितको समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा वैज्ञानिक हुनेमा नेकपा (माओवादी केन्द्र) दृढ स्पष्ट छ । तर लोकतान्त्रिक गणतन्त्र घोषणायताको परिस्थिति र पुष्पलाल श्रेष्ठले ०२५ मा पार्टी पुनर्गठन गर्दाको परिस्थितिमा गुणात्मक भिन्नता छ ।

पुष्पलाल श्रेष्ठलाई ‘गद्दार’ र ‘अनपढ’ जस्ता वर्गशत्रु समान अभियोग खडा गर्नेहरुले कम्युनिस्ट आन्दोलन विसर्जन गरिसकेको पृष्ठभूमिमा ०२५ मा पुष्पलाल श्रेष्ठले पार्टी पुनर्गठन गरी व्यवस्थित ढङ्गले ‘नयाँ जनवादी क्रान्तिको कार्यक्रम’ अघि सारे । कम्युनिस्ट आन्दोलनमा ‘जसको विचार, उसको नेतृत्व’ अभ्यास हँुदै आएको छ । अतः प्रश्न खडा हुन्छ, नेपालमा नयाँ जनवादी क्रान्तिको प्रणेता पुष्पलालको नेतृत्व अस्वीकार गर्नुपर्ने कारण के थियो, जसले गर्दा नयाँ जनवाद नै भन्ने माले र एमालेको पुर्खा झापाली समूह, नयाँ जनवाद नै भन्ने मोहनविक्रम सिंहको चौथो महाधिवेशन समूह तथा मनमोहन अधिकारीले पुष्पलाल नेतृत्व अस्वीकार गर्दै उल्टै भण्डाफोरमा उत्रनु पर्‍यो ?

व्यवहारले जवाफ स्पष्ट गरेको छ कि पुष्पलाल दृढ इमानदार कम्युनिस्ट थिए भने उनका ती विरोधीहरु चरम अवसरवादी प्रमाणित भए । त्यसमध्ये कम्युनिस्ट शासनमा निजी सम्पत्ति राष्ट्रियकरण गरिने प्रचारबाट आतङ्कित हँदै पैत्रिक सम्पत्ति सुरक्षित गर्न कम्युनिस्ट आन्दोलनमा लागेकाहरु सम्पूर्ण शक्तिसाथ पुष्पलालको क्रान्तिकारी नेतृत्व ध्वंश गर्दै घोर अवसरवादमा पतन भए । पार्टी नेतृत्व कब्जा गर्न दौडेका ती अवसरवादीहरुमा पुष्पलाल श्रेष्ठलाई हेर्ने दृष्टिकोण जातवादी हुनु पनि गम्भीर कारण बन्यो । जसले पुष्पलालको नेतृत्व विखण्डित गरेर साम्राज्यवाद तथा विस्तारवाद र घरेलु प्रतिक्रियावादको साक्षात चाकडी बजाए ।


पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका सर्वस्वीकृत नेता र लोकतान्त्रिक आन्दोलनका प्रभावशाली अगुवा हुन् । यस आधारमा उनी राष्ट्रिय विभूति घोषणा योग्य छन् । गणतन्त्र नेपालका सारथिहरुले यो तथ्य बोध गर्नै पर्छ ।


पुष्पलाल अर्थात सर्वहारा स्कुलिङ

लेनिनको जुन उमेरमा दाजु अलेक्जेन्डरको सहादत भयो, पुष्पलालको त्यही उमेरमा दाजु गङ्गालाल श्रेष्ठ सहिद बनेका हुन् । व्यापार, व्यवसाय, कला, वास्तुकला, काष्ठकला उद्योगमा नेवा समुदाय नेपालमा अग्रणी मानिन्छ । त्यही समुदायमा जन्मेका पुष्पलाल औद्योगिक संस्कृतिमा हुर्के र कम्युनिस्ट पार्टी स्थपनामा केन्द्रित भए । विश्व कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवादसँगै क्रान्तिका निमित्त जेजति सिद्धान्त रचना गरेका छन्, त्यही अनुरूप उनले आफ्नो राजनीतिक जीवन सञ्चालन गरे । जसरी कार्ल मार्क्सले प्राज्ञिक कर्ममा सर्वहारा मजदुरको जीवन बाँचेर सिद्धान्त र व्यवहार दुवैमा एकरूपता प्रदर्शन गरे, पुष्पलालमा पनि सिद्धान्त र व्यवहारबीच त्यही उचाइको एकरूपता प्रदर्शन भयो । अतः दार्शनिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पुष्पलाल श्रेष्ठ ‘नेपाली मार्क्स’ हुन् ।

नेपाली मार्क्सको दृढ व्यक्तित्वबाट अवसरवादीहरु भयाक्रान्त हुने नै भए । परिणाम, पुष्पलालविरुद्ध अन्तरपार्टी षड्यन्त्र र गुटगत आक्रमण बढ्यो । आफ्नो आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) ले भनेको छ– “.... नेतृत्वबारे उदारताको कमजोरीबाहेक पुष्पलाल श्रेष्ठ नै नेपाली कम्युनिस्ट आन्दोलनका भरोसायोग्य नेता र स्वाधीन राष्ट्रिय चिन्तक हुन् ।” निष्कर्षमा, पुष्पलालको जीवनी अध्ययन र उनका सहयोद्धाहरुको अनुभवको विश्लेषण गर्दा पुष्पलाल श्रेष्ठ सच्चा कम्युनिस्ट क्रान्तिकारी थिए । आफूसँग भएको सबै कुरा पार्टी र आन्दोलनमा समर्पित गर्नु तर जस र सुख भने कहिल्यै नपाउनु, परन्तु कम्युनिस्ट विचार र राजनीतिमा दृढ निरन्तर डटिरहनु पुष्पलालका मौलिक विशेषता हुन् । नयाँ पुस्ताले पुष्पलालबाट सिक्नैपर्ने यी तीन विशेषताको एकीकृत अभ्यास हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र दक्षिणपन्थी अवसरवादीसहित दुईवटा स्कुलिङ देखिन्छन् । पहिलो, पुष्पलालको देश, जनता र उत्पीडितवर्गका निमित्त आजीवन दुःख कष्ट उठाउने सर्वहारा स्कुलिङ र दोस्रो, मदन भण्डारीको कम्युनिस्ट आवरणमा दलाल तथा नोकरशाही पुँजीपतिवर्गका निमित्त संसदवादी स्कुलिङ हुन् । जनयुद्धमा प्रचण्डपथको विशिष्ट स्कुलिङ सुरु गरिए पनि अन्ततः त्यो संसदवादमा विसर्जन हुन पुग्यो । संसदवादी स्कुलिङको भविष्य ज्योती बसुपथ मात्र हो, भनिरहनु पर्दैन । माओवादी कम्युनिस्टले पुष्पलालको सर्वहारा स्कुलिङको निरन्तरतामा विशेष जोड दिनुपर्छ ।

अन्त्यमा, पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका सर्वस्वीकृत नेता र लोकतान्त्रिक आन्दोलनका प्रभावशाली अगुवा हुन् । यस आधारमा उनी राष्ट्रिय विभूति घोषणा योग्य छन् । गणतन्त्र नेपालका सारथिहरुले यो तथ्य बोध गर्नै पर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...