मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वारेजको घुँडाको शल्यक्रिया, बार्सिलोनालाई अभाव खड्कने

सोमबार, २८ पुस २०७६, ०९ : ५४
सोमबार, २८ पुस २०७६

स्पेनिस सुपर कपबाट खर्भरै बाहिरिएको बार्सिलोनालाई टोलीका महत्वपूर्ण खेलाडी लुईस स्वारेजको अभाव खड्कने भएको छ । स्वारेजको आइतबारमात्र घुँडाको शल्यक्रिया गरिएको छ । स्टार खेलाडी स्वारजेले चार महिना खेल्न नसक्ने बार्सिलोनाले जनाएको छ ।

घुँडामा चोट बोकेका स्वारेजको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको बार्सिलोनाले आइतबार प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो । उरुग्वेका स्टारको अभावमा बार्सिलोनालाई स्पेनिस ला लिगामा अगाडी बढ्न केही गाह्रो हुने देखिएको छ । स्वारेजले अब यससिजन मैदान बाहिर रहनेछन् । ३२ बर्षीय स्वारेजले यस सिजन २३ खेल खेल्दै १४ गोल गरेका छन् ।

स्पेनिस ला लिगामा अहिले बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले १९ खेलबाट ४० अंक बनाएको छ । समान खेलबाट ४० नै अंक बनाएको रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड र सेभिल्लाले पनि बार्सिलोना र रियललाई पछ्याई रहेका छन् । यी दुवै टोलीको ३५ अंक छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप