बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोणका लागि ब्रान्डले अपनाए यस्तो रणनीति

सोमबार, २८ पुस २०७६, ०९ : ४१
सोमबार, २८ पुस २०७६

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा घाइते विद्यार्थी नेतालाई भेट्न गएपछि दीपिका पादुकोणको विषयमा प्रमुख ब्रान्डले ‘सेफ गेम’ खेलिरहेका छन् ।

इकोनोमिक टाइम्सले आफ्नो पहिलो पानामा दीपिका पादुकोणसँग सम्बन्धित यो खबरलाई निकै प्राथमिकताका साथ स्थान दिएको छ ।

केही ब्रान्डले थोरै समयका लागि दीपिका पादुकोणसँग सम्बन्धित विज्ञापनको भिजिबिलिटी कम गर्ने निर्णय लिएका छन् । ती ब्रान्ड कुनै पनि विवादबाट बच्ने कोसिस गरिरहेका बेला उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

दीपिका पादुकोण अहिलेको समयमा २३ ब्रान्डको विज्ञापन गरिरहेकी छिन् । यद्यपि, कुनै पनि ब्रान्डले उनलाई विज्ञापनबाट हटाएको छैन । दीपिका बलिउडकी सबैभन्दा महँगो स्टार मानिन्छिन् र एक विज्ञापनका लागि साधारणतया आठ करोड भारु लिन्छिन् ।

दीपिका गत ७ जनवरीमा जेएनयू गएकी थिइन् र विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसँग भेटेकी थिइन् र घाइते विद्यार्थीमाथि आफ्नो समर्थन जताएकी थिइन् ।

त्यसपछि उनको फिल्म छपाक प्रदर्शनमा आयो । आइतबारसम्म यो फिल्मले २० करोड कमाएको अनुमान छ, यो फिल्मको लागत ४० करोड भारु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप