बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा भारी हिमपात, पर्यटकको भीड बढ्यो

सोमबार, २८ पुस २०७६, ०९ : २५
सोमबार, २८ पुस २०७६

साउदी अरबको उत्तरी भाग ताबुकमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ ।

अरब न्यूजका अनुसार हिउँले जबल अल–लावज, अल–दाहेर र अल्कान पर्वत ढाकिएको छ । अरबको यो उत्तरी भाग पर्यटकबीच निकै लोकप्रिय छ । यो इलाकामा अत्यधिक ट्राफिक हुने भएकाले सरकारले यहाँको सुविधा लगातार बढाइरहेको छ ।

अरब न्यूजका अनुसार यो इलाकाको तापक्रम माइनसमा पुगेको छ । प्रशासनले मानिसहरुलाई यो मौसमका लागि सतर्क बनाएको छ । मौसम विभागले ताबुक, मदीना र उत्तरी सीमावर्ती इलाकामा भारी वर्षाको पनि चेतावनी दिएको छ ।

अरबी पत्रिका अशराक अल–अवसातका अनुसार साउदी अरब हरेक वर्ष जबल अल लावज, जबल अल–ताहिर र ताबुकमा जबलल अल्कान पर्वतमा दुईदेखि तीन हप्तासम्म हिमपात हुन्छ ।

यो पहाड साउदी अरबको उत्तर पश्चिम इलाकामा छ । साउदीमा यहाँ हिमपात भएपछि निकै हलचल हुन्छ ।

हिमपात भएपछि साउदीका मानिसहरु पनि यो इलाकामा पुग्छन् । ताबुकमा टुरिजम अथोरिटीको जनसम्पर्क अधिकारी वाइल अल–खालदीले अशराक अल–अवसातले भने, ‘हिमपात भएपछि स्थानीयबाहेक विदेशी पर्यटक पनि त्यहाँ पुग्छन् । हामीलाई आशा छ कि यतिबेला ठूलो संख्यामा पर्यटक पुग्नेछन् । यो वर्ष स्कूल छुट्टी भएपछि हिमपात भएको हो ।’

जबल अल–लावज पहाड २ हजार ६ सय मिटर अग्लो छ । यो पर्वतलाई अलमण्ड माउन्टेन पनि भनिन्छ किनभने यहाँ ठूलो संख्यामा बदाममा रुख लगाइएका छन् ।

हरेक वर्ष यो पहाडमा हिमपात हुन्छ र तापक्रम अचानक घट्ने गर्छ । ताबुक साउदीको सबैभन्दा सुन्दर इलाकामध्येमा पर्छ । यहाँ बास्नादार बिरुवा छन् जसको प्रयोग परफ्युम बनाउन प्रयोग हुन्छ । ताबुक जोर्डनको सीमा नजिकैको इलाका हो ।

साउदीमा भएको हिमपातको विषयमा सोसल मिडियामा पनि निकै हलचल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप