शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अगुएरोको कीर्तिमानमा सिटीको गोल वर्षा

सोमबार, २८ पुस २०७६, ०८ : ४९
सोमबार, २८ पुस २०७६

सर्जियो अगुएरोले १२ औँ ह्याट्रिक पुरा गर्दै प्रिमियर लिगको इतिहासमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बन्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ ।

एगुएरोले थिएरी हेनरीको १ सय ७५ गोलको कोशेढुङ्गा उछिन्दै नयाँ किर्तिमान बनाएका हुन् । अगुएरोले लिगमा २५५ खेलमा १ सय ७७ गोल गरेका छन् । उनले फ्राङ्क लाम्पार्डको गोल सङ्ख्यालाई पनि बराबरी गरेका छन् ।

अब उनीभन्दा अघि एलन सिएरर, वेयन रुनी र एन्डी कोल रहेका छन् । सिएररले प्रिमियर लिगमा सर्वाधिक २ सय ६० गोल गरेका छन् ।

यता, अगुएरोको ह्याट्रिकको सङ्ख्या भने लिगमा कीर्तिमान हो ।

सिटीको जीतमा अगुएरोबाहेक रियाद महारेजले दुई तथा ग्याब्रियल जिसुसले एक गोल गरे । भिल्लाले इन्जुरी समयमा पेनाल्टीबाट सान्तवना गोल फर्काएने अवसर पायो ।

जीतसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लेको छ । यद्यपि, एक खेल कम खेलेको लिभरपुलभन्दा सिटी अझै १४ अंकले पछि रहेको छ ।

एगुएरो सन् २०११ मा ४ करोड पाउण्डमा स्पेनको एथ्लेटिको म्याड्रिडबाट सिटी भित्रिएका थिए । ३१ वर्षीय अर्जेन्टिनी खेलाडी क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । सबै प्रतियोगितामा क्लबका लागि २५० गोल पूरा गर्न उनलाई अब एक गोलमात्र चाहिएको छ ।

आइतबार भएको अन्य खेलमा वार्टफर्डले बोर्नेमाउथलाई ३–० ले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप