शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘माओको फोटो टाँस्नेहरुबाट पृथ्वीनारायण शाहको अपमान’

आइतबार, २७ पुस २०७६, २३ : २९
आइतबार, २७ पुस २०७६

गुल्मी ।  पृथ्वी नारायण शाहको २५८ औं जन्मजयन्ती गुल्मीको सदरमुकाम तम्घासमा पनि मनाइएको छ ।  विश्व हिन्दु महासंघ गुल्मीको आयोजनामा बालमन्दिर प्रगाणमा  विशेष कार्यक्रमको आयोजना गरेर पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको हो ।  तर सरकारीस्तरबाट जन्मजयन्ती नमनाएको प्रति कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।

 विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य सुरेशचन्द्र भुसालले सरकारी पक्षबाटै पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइनु पर्नेमा नमनाएर अपमान गर्न खोजिएको दुखेसो गरे ।
 अहिलेका राजनैतिक दलका नेताले पृथ्वीनारायण शाहको सम्मान गर्न नसके भोलिको पुस्ताले अहिलेका नेतालाई पनि त्यसरी अपमान गर्ने उनको तर्क थियो ।  भारतमा  महात्मा गान्धीको फोटो भित्ता टाँसिन्छ ,  नेपालका कम्युनिस्टहरुले माओको फोटो  टाँस्छन्, तर नेपालमा अङ्ग्रेजलाई छिर्न नदिई राष्ट्रि बचाउने र बिशाल नेपालका अभियान्ता पृथ्वीनारायण शाहको योगदानको भने कदर नगरिनु निकै दुखद कुरा भएको भुसालको भनाइ थियो ।

 त्यस्तै बिश्व हिन्दु महासंघका आजिवन सदस्य तम्घासका पुराना समाज सेवी नन्दराम भुसालले पनि राज्य पक्षबाट पृथ्वीनारायण शाहलाई सम्मान नगरिएको प्रति दुख ब्यक्त गरे । 

  त्यस्तै राप्रपाका केन्द्रिय सदस्य श्रवणकुमार नेपालीले पृथ्वीनारायण शाहको योगदान भावी पुस्ताले समेत भुल्न नहुने धारणा राखे । उनले पृथ्वीनारायण शाह हिजोको टुक्रा टुक्रा नेपाललाई एउटै मालामा गुथ्ने महान राजनेता भएको बताउँदै उनको योदानलाई बिश्व हिन्दु महासंघ र आफ्नो पार्टीले उच्च सम्मान गर्दै आएको बताए । 

    बिश्व हिन्दु महासंघ सहित विभिन्न संघ संस्थाका समाज सेवीहरुले पृथ्वी नारायण शाहको तस्वीरमा माल्याणपर्ण गरि उनको योगदानबारे प्रकाश पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप