इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार बिहान सम्पन्न १४ औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
वर्तमान कार्यसमितिको कार्यकाल वैशाखसम्म भए पनि अली अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनलेखि २०७४ चैतसम्म अध्यक्ष थिए।
महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिति सदस्य हुन्।
उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।
सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान