मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख चयनमा पार्टीभित्रको विवादले केहीको जिब्रो रसाएको छ : महासचिव पौडेल

आइतबार, २७ पुस २०७६, १९ : १०
आइतबार, २७ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को एकता ढिलो भए पनि राम्रो भएको बताएका छन् ।

आइतबार काठमाडौँमा पार्टीको भ्रातृ संगठन अनेरास्ववियूको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण समाहरोमा महासचिव पौडेलले विद्यार्थी नेताहरुको पहल कदमी र पार्टीको सहजिकरणबाट एकता भएको बताए ।

अनेरास्ववियूको एकतामा पार्टीको हस्तक्षेप नभएको प्रष्ट पाँदै उनले भने, ‘ पार्टी र अनेरास्ववियू एउटै होइन । अनेरास्ववियू मात्र पार्टीको मार्गनिर्देशमा अगाडि बढ्छ । यो स्वतन्त्र ढंगले अगाडि बढेको छ । बढ्नु पर्छ । एकताको काममा पार्टीले कुनै हस्तक्षेप गरेको होइन । सहजिकरणको मात्र काम गरेको हो ।’
 
जायज विषयमा विद्यार्थी नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि आँखा जुधाएर कुरा गर्न सक्ने बताए । यस्तै महासचिव पौडेलले अब एक भएर स्ववियु निर्वाचनमा लाग्न अनेरास्ववियूका नेताहरुलाई आग्रह गरे । 

फरक प्रसंगमा महासचिव पौडेलले पार्टी एकतामा रिङगिविङ्गी आशंका हुने गरेको बताए । उनले भने, ‘ नेकपाका एकतामा रङ्गिविङ्गी आशंका  गर्दैछन् । त्यो आशंकाबाट छिरेर कम्युनिस्ट एकतामा दुर्घटना ल्याउन सकिन्छ कि भन्ने भ्रम देखिन्छ ।’ 

सभामुख चयनमा नेकपाभित्र देखिएको विवादले केहीको जिब्रो रसाएको उनको भनाइ छ ।  हार्दिकता पूर्वक सभामुख र उपसभामुख चयन गरिने पौडेलले बताए ।

उनले भने,‘ पार्टी र नेताहरुबीच विग्रह ल्याए नेकपाको भविष्य औन्योल बनाउँछु सोच्नु मृग तृष्णा मात्र हो ।  हामीबीच कि त मिल्ने कि त निल्ने अवस्थाबाट एकता भएको हो । हामीले गुच्चा खेल खेलेको होइन ।’

तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष एवम् नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अनेरास्ववियूको एकताले नेविसंघमा आपतकालीन बैठक बोलाउने अवस्था आएको बताए ।

उनले भने, ‘अनेरास्ववियूका नेताहरु सपथ ग्रहण गरिएको तस्विर फेसबुकमा देखेर गगन थापाले पन्पुरोमा हात राखेर  नेविसंघको चिन्ता लिने दिन आएको छ । आपत कालीन बैठक बोलाउने आवस्थामा  आएको छ ।’ 
कार्यक्रममा तत्कालीन अनेरास्ववियू पूर्व अध्यक्ष र अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्षले सम्बोधन गरेका थिए । यस्तै महासविच पौडेलले नवगठित अनेरास्ववियूका पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप