राष्ट्रिय सभा निर्वाचन : आचारसंहिता लागू, क–कसलाई लाग्छ निर्वाचन आचारसंहिता ?
काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता, मिति २०७६।९।२७ गते देखि लागु भएको जनाएको छ ।
साथै निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालाहरूमा निर्देशन दिएको छ ।
क–कसलाई लाग्छ निर्वाचन आचारसंहिता ?
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र स्थानीय तह,
(ग) प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल सरकार, मन्त्रीहरु, राजनीतिक दल,
उम्मेदवारहरु र सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमले समेत आचारसंहिताको पालना गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती