बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दीपिकाको अगाडि गोबिन्दाकी भाञ्जी आरतीको खुलासाः १३ वर्षको उमेरमा घरभित्र भएको थियो बलात्कारको कोसिस

आइतबार, २७ पुस २०७६, १२ : १३
आइतबार, २७ पुस २०७६

यसपटक बिग बस १३ विकेन्ड वारमा ‘छपाक’ को समूह फिल्म प्रोमोशनका लागि पुगे । दीपिका पादुकोण, विक्रान्त मस्सी र लक्ष्मी अग्रवालले घरका सदस्यसँग केही समय बिताए । निर्माण पक्षले कार्यक्रमको एउटा प्रोमो जारी गरेको छ जसमा सबै प्रतियोगीले आफ्नो जीवनमा घटित नराम्रा घटनाबारे जानकारी दिएर सबैलाई चकित बनाएको देख्न सकिन्छ । प्रोमोमा आरती सिंहले जुन खुलासा गरेकी छिन्, त्यो अहिले चर्चाको विषय बनेको छ ।

उनले भनिन्, ‘१३ वर्षको उमेरमा मलाई घरमा बन्द गरेर बलात्कार गर्ने कोसिस गरियो । त्यो कुरा सोच्ने हो भने म आज पनि काँप्छु ।’

आरतीको यो कुरा सुनेर सबै चकित भए । विशेषगरी सिद्धार्थ शुक्लाको आँखामा आँसु नै आयो । यसअघि आरतीले दुई वर्षसम्म काम नभएकोले आफू डिप्रेशनमा पुगेको खुलासासमेत गरेकी थिइन् ।

गोबिन्दाकी भाञ्जी हुन् आरतीः

३५ वर्षकी आरती कृष्णा अभिषेककी बहिनी र गोबिन्दाकी भाञ्जी हुन् । आरतीले आफ्नो अभिनय करियरको सुरुवात टिभी शो ‘मायका’ बाट सन् २००७ मा गरेकी थिइन् । त्यसपछि उनले ‘गृहस्थी–थोडा हे बस थोडेकी जरुरत हे’ मा काम गरिन् । आरतीले एकता कपुरको सिरियल ‘परिचय –नयाँ जिन्दगी’ बाट पहिचान पाइन् ।

त्यसपछि उनी ‘उतरन’, ‘देवोंका देव महादेव’ जस्ता कार्यक्रममा पनि देखिइन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप