शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्द्रग्रहणपछि तीव्र गतिमा पृथ्वीतर्फ आउँदै धुमकेतु, वैज्ञानिकको चेतावनी

आइतबार, २७ पुस २०७६, १० : १२
आइतबार, २७ पुस २०७६

सन् २०२० को पहिलो चन्द्रग्रहण समाप्त भइसकेको छ । चन्द्रग्रहण सकिएलगत्तै ठूलो आकारको धुमकेतु तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् । 
पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा अमेरिकी राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले जानकारी दिएको हो । 

खगोलशास्त्रीहरुले धुमकेतु पृथ्वीसँग ठोक्किएमा ठूलो प्रलय आउने चिन्ता व्यक्त गरेका छन् । 

वैज्ञानिकका अनुसार उक्त धुमकेतुले जनवरी १२ मा पृथ्वीको नजिकैबाट पार गर्नेछ । 

नासाका अनुसार तेज रफ्तारमा आएको धुमकेतु पृथ्वीको कुनै पनि क्षेत्रमा ठोक्कियो भने समुन्द्री आधीसँगै प्रलय आउनेछ । 

अन्तरिक्ष वैज्ञानिकहरुले उक्त धुमकेतुको दिशाको विषयमा अध्ययन गरिरहेको जानकारी दिएका छन् । वैज्ञानिकका अनुसार धुमकेतु पृथ्वीको नजिकैबाट जाँदा कुनै पनि क्षति हुँदैन । नासाले अहिलेसम्मको जानकारी अनुसार धुमकेतु पृथ्वीको एकदमै नजिकबाट जानेछ । 

नासाले उक्त धुमकेतुको नाम २०२० एबी२ दिएको छ । नासाले उक्त धुमकेतुको बारेमा एस्टेरोइड ट्र्याकिङ सिस्टमको माध्यमबाट पत्ता लगाएको थियो । 

धुमकेतु पनि सोलार सिस्टमकै एक हिस्सा हो । यो ढुंङ्गा, धुलो, बरफ र स–साना टुक्राहरुबाट बनेको हुन्छ । ग्रहले जस्तै यसले पनि सूर्यको परिक्रमा गर्छ । धुमकेतुमा बरफ, कार्बनडाइअक्साइड, मिथेन, एमोनिया, सिलिकेट र कार्बनिकको मिश्रण रहेको हुन्छ ।

धुमकेतु २०२० एबी२:
आकारः ४९ फिट (१५ मिटर) 
गतिः २८,४४० प्रतिघण्टा
पृथ्वीबाट दूरीः १६४५५७६ किलोमिटर टाढा
नोक्सानः पृथ्वीसँग ठोक्किएमा १८५ फिट उचाईमा सुनामी आउन सक्छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप