बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका यी डक्टर ९२ वर्षको उमेरमा पनि सक्रियताका साथ विरामी हेर्छिन्, हप्तामा जाँच्छिन् ६०० विरामी

आइतबार, २७ पुस २०७६, ०९ : ०७
आइतबार, २७ पुस २०७६

एजेन्सी । चीनको जियांग्सु प्रान्तको नानजिङ सहरको सिटी अस्पतालमा ९२ वर्षीया चिकित्सक अझै बिरामीलाई उपचार गर्छिन् ।

खासमा उनी १९९४ मै रिटायर भएकी हुन् । पछि उनले आफूले अझै सेवा दिने अवस्थामा रहेको लागेर कामलाई निरन्तरता दिइन् ।

उनको यही लगनका कारण अझै पनि उनी हप्ताको ६०० विरामीलाई सेवा दिन्छिन् ।

आआँे नाम रहेकी ती चिकित्सक रक्त रोग विशेषज्ञ हुन् । उनका पति र छोरा पनि चिकित्सक हुन् ।

आओँको जन्म सन् १९२८ मा भएको थियो । उनी आफ्नोबारेमा भन्छिन्, ‘मलाई आफ्नो काममा आनन्द लाग्छ । यही मेरो खुसीको रहस्य हो ।’

‘विरामीको उपचार गर्दै मर्न चाहन्छु ’

एक भिडियोमा उनी भन्छिन्, ‘म आफ्नो उमेरबारे किन सोचु ? मलाई आफ्नो पेसासँग मायाँ छ । विरामीको सेवा गर्दै मर्न चाहन्छु ।’

आँओका छोरा डाक्टर जेंग शिलान्ग पनि सोही अस्पतालमा काम गर्छन् र उनी आफ्नो आमालाई प्रेरणा मान्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप