देउवालाई मोदीको ‘सरप्राइज’ भेट, विहीबार महत्वपूर्ण वार्ता हुने
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार नै ‘सरप्राइज’ भेट दिएका छन् । बुधबार विहान मात्रै दिल्ली भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई पहिलो दिन नै स्वागत स्वरुप मोदीले भेट गरेका हुन् ।
पाँच दिवसीय भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच औपचारिक भेटको कार्यक्रम भने विहीबारका लागि राखिएको छ । विहीबार औपचारिक र महत्वपूर्ण भेटवार्ता र केही महत्वपूर्ण समझदारी पनि हुने जनाइएको छ ।
मोदीले देउवालाई गरेको भेटलाई ‘वार्मअप’ भेट भनिएको छ । प्रधानमन्त्री देउवासँग भेट गरेपछि मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी छिमेकी मुलुकका प्रधानमन्त्रीलाई स्वागत गर्न पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । मोदीले दुई जनाबीच भएको भेटको तस्विर समेत राखेर भोलि (विहीबार) महत्वपूर्ण भेट हुने पनि ट्वीटमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाको औपचारिक भेटघाट भने बिहीबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’को सम्मान लिएपछिमात्र सुरु हुने कार्यतालिका छ।
देउवाले बिहीबार समकक्षी मोदीसँग वान टु वान वार्ता गर्नुका साथै केही राष्ट्रिय महत्वमा सम्झौता पनि हुनेछ । विहीबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ ।
Happy to welcome Rt Hon Shri Sher Bahadur Deuba ji, PM of close & friendly neighbour Nepal. Look forward to more extensive talks tomorrow. pic.twitter.com/jgqpmLRGbC
— Narendra Modi (@narendramodi) August 23, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र