मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण खानुपर्छ भिटामीन सी

हाम्रो शरीरमा भिटामिन सी को कमी भयो भने के हुन्छ ?
शनिबार, २६ पुस २०७६, ०८ : ४०
शनिबार, २६ पुस २०७६

हामीले खाने खानाले हाम्रो भोक मात्रै शान्त पार्ने काम गर्दैन । यसले हाम्रो शरीरमा भइरहने विभिन्न दैनिक प्रक्रियाहरु सही ढंगले संचालन गर्न मद्दत गर्ने विभिन्न तŒवहरु पनि शरीरमा आपूर्ति गर्नेगर्छ । त्यस्ता तत्त्वहरु प्रोटिन, कार्बाेहाइड्रेट, बोसो, पानी र विभिन्न खनिजहरु हुन् । ती तत्वहरुका साथसाथै हाम्रो शरीरलाई अर्को महत्त्वपूर्ण तत्त्‍व पनि चाहिन्छ । त्यो तŒवलाई  हामी भिटामिन भनी चिन्ने गर्छौं ।

भिटामिनको निर्माण बिरुवा र प्राणी दुबैमा हुने गर्छ । हाम्रो शरीरमा भइरहने अत्यन्त जरुरी प्रक्रियाहरुलाई कुनै बाधाबिना संचालन गर्न भिटामिन अति आवश्यक हुन्छ ।

भिटामिनले हाम्रो शरीरको बढ्ने प्रक्रियामा पनि मद्दत गर्ने गर्छ । भिटामिन पनि धेरै प्रकारका छन् । तिनीहरु भिटामिन ए, बी, सी, डी, इ र के हुन् । शरीरमा भिटामिनको मात्रा कम भयो भने विभिन्न रोगहरु लाग्न सक्छन् । उदाहरणको लागि भिटामिन ‘ए’ को कमी भयो भने हाम्रो आँखा कमजोर हुन्छ । भिटामिन ‘बी’ को कमी भयो भने बेरी–बेरी नामक रोग लाग्ने गर्छ । भिटिमीन डीको कमीले हड्डी कमजोर हुन्छ ।

पहिले पहिले मानिसलाई भिटामिनको बारेमा केही थाहा थिएन । तर पनि उनीहरुलाई केही प्रकारको खाना नपुग्दा विभिन्न रोगहरु लाग्ने गरेको कुरा भने अवश्य थाहा थियो । त्यो समयमा मानिसहरु जहाजमा धेरै लामो यात्रा गर्ने गर्थे । यात्राको बेला जहाजका मानिसहरुले प्रशस्त मात्रामा ताजा सब्जी र सागपातहरु खान पाउँदैन थिए । त्यही भएर उनीहरुलाई स्कर्भी (Scurvy)  नामक रोग लाग्ने गर्थ्यो । विशेष गरेर भिटामीन सीको कमी हुँदा लाग्ने यो रोगले मानिसको गिजा र स्नायु प्रणालीलाई असर गर्ने गथ्र्यो । १७ औँ शताब्दीतिर आएर मानिसहरुले के थाहा पाए भने अमिलो खानेकुराले यो रोगबाट बच्न मद्दत गर्छ । त्यसैले त्यसबेलादेखि यस रोगबाट बच्न जहाजमा यात्रा गर्ने मानिसहरुलाई कागती दिइन थालियो ।

https://5qyy93evuhggy2io39kk451b-wpengine.netdna-ssl.com

स्कर्भी लाग्नबाट भिटामिन सीले बचाउने गर्छ । भिटामिन सीलाई एब्सोर्बिक् एसिड (Absorbic Acid) पनि भनिन्छ । भिटामिन सी विशेष गरेर अमिलो फलफूल कागती, सुन्तला आदिमा पाइन्छ । यसको साथसाथै यो कटहर, ब्रोकाउली, अम्बक, पालुड्डो, बन्दाकोपी, सलगम आदिमा पनि पाइन्छ ।

भिटामिन सी बारे एउटा रोचक कुरा के छ भने प्रायः सबै स्तनपायी जनावरहरुले कलेजोमा आफैं भिटामिन सी बनाउने गर्छन् । त्यही भएर तिनीहरुको शरीरमा कहिले पनि भिटामिन सीको कमी हुँदैन । तर मानिस, बाँदर र गिनीपिग मात्र यस्ता स्तनपायी जनवार हुन्, जसले आफैं भिटामिन सीको उत्पादन गर्न सक्दैनन् । त्यही भएर उनीहरुले शरीरमा भिटामिन सीको मात्रा सन्तुलनमा राख्न फलफूल र सागपातहरु खानु आवश्यक छ ।

हाम्रो शरीरमा भिटामिन सी को कमी भयो भने के हुन्छ ?

यसको कमी भयो भने हाम्रो नसाहरु कमजोर हुन्छन् र सजिलै हाम्रो शरीरबाट रगत बग्ने गर्छ । हाम्रो गिजाहरुबाट पनि रगत बग्न थाल्छन् । हाम्रो हर्मोन र इन्जायिमहरुले सही ढंगले काम गर्न छाड्छन् । ब्याक्टेरियासँग लड्ने हाम्रो क्षमतामा कमी आउँछ र हाम्रो घाँटीमा पनि घाउहरु हुन सक्छन् । त्यही भएर भिटामिन सी हाम्रो शरीरलाई अति आवश्यक छ ।

भिटामीन सीको कमीका लक्षणहरु

थकान, मुड परिवर्तन, डिप्रेसन

भोक कम लाग्नु

मांसपेशी दुख्नु र बाउँडिनु

सुख्खा र पहेंलो छाला

आँखा सुख्खा हुनु

सुख्खा, कमजोर र टुट्ने कपाल

ओठ गिजा फुलिनु, र रगत आउनु

दाँत झर्नु

कमजोर हड्डी, हड्डी दुख्नु

छालामुनि असामान्य रगत बग्नु

संक्रमण भइरहनु, दोहोरिएर आइरहनु

घाउ निको हुन ढिलो हुनु, धेरै समय लाग्नु

रक्तअल्पता । रगतमा हेमोग्लोबिन कम हुनु

भिटामीन सीका केही स्रोतहरु

स्ट्रबेरी, सुन्तला, अमिला फलफूल, कागत, मेवा, वेरीहरु, किवी, भेडे खुर्सानी, अम्बक आदि

Title Photo: https://www.hindustantimes.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप