बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सारालाई प्रशंसकले हात समातेर चुम्बन गर्ने कोसिस गरेपछि...

शनिबार, २६ पुस २०७६, ०७ : ५३
शनिबार, २६ पुस २०७६

बलिउड अभिनेत्री सारा अली खानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन् ।

मुम्बईका सेलिब्रेटी फोटो ग्राफर विरल भयानीले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

भिडियोमा एकजना सारका फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका छन् । त्यसपछि सारा एक्कासी अचम्ममा पर्छिन् र पछि हट्छिन् । यसैबीच उनका बडीगार्ड आउँछन् र क्यामेरा लगायत ती प्रशंसकलाई पछाडि हट्न आग्रह गर्छन् ।

पछिल्लो समय बलिउडमा निकै चर्चामा रहेकी अभिनेत्री हुन् सारा । उनले ‘सिम्बा’ फिल्मबाट बलिउडमा पाइला राखेकी थिइन् । पहिलो फिल्ममा नै उत्कृष्ट अभिनय गरेकी सारा यतिबेला भने ‘लव आज कल’ को सिक्वलका साथै ‘कुली नम्बर १’ को पनि शुटिङ गरिरहेकी छिन् ।
 

https://www.instagram.com/p/B7F4bX-Hw8s/?utm_source=ig_web_copy_link

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप