शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीग्रस्त क्षेत्रमै पुगेर हिमानीले बाडिन् २५० परिवारलाई राहत

बुधबार, ०७ भदौ २०७४, १७ : ३५
बुधबार, ०७ भदौ २०७४

पर्सा– पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई बुधबार पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गरेकी छन् ।  

पोखरिया नगरपालिकास्थित जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो । 

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप