यस्तो पो रहेछ बोटविरुवाको रंग हरियो हुनुको कारण
अधिकांश बोटविरुवाहरुको रंग हरियो हुन्छ । यो हरियोपना बोटविरुवाहरुको विशिष्टता हो । यो एउटा विशिष्टताले नै मात्र पनि प्राणी र बोटविरुवामा सजिलै भिन्नता गर्न सकिन्छ ।
बोटविरुवालाई हरियो बनाउने काम त्यसमा हुने क्लोरोफिल (chlorophyll) नामक पदार्थले गरेको हुन्छ ।
यो क्लोरोफिल नामक पदार्थ बोटविरुवाको पात, डाँठ र कहिलेकाहीँ फूलको कोषमा समेत हुन्छ । यही क्लोरोफिलको मद्दतले नै बोटविरुवाहरुले सूर्यको प्रकाशको उपस्थितिमा जराबाट सोसेर ल्याएको माटोमा भएको पानी तथा लवणहरु र हावामा भएको कार्वनडाइअक्साइड लिएर खाद्य अर्थात् कार्वोहाइड्रेड बनाउँछन् । त्यही खाद्य पदार्थको प्रयोगले तिनीहरुले ऊर्जा ग्रहण गर्छ तथा त्यस ऊर्जालाई उपयोग गरेर अजैविक रसायनलाई जीवनदायी जैविक रसायनमा परिणत गरिदिन्छन् । सामान्यतः विरुवाको खाना बनाउने प्रक्रिया भनी बुझिने यस प्रक्रियालाई अंग्रेजीमा फोटोसिन्थेसिस (photosynthesis) भनिन्छ । क्लोफिल मुख्यतः पातमा हुने भएकोले यो प्रक्रिया विरुवाको पातमा नै भएको हुन्छ । यो शब्द ग्रिक शब्दबाट आएको हो, जसको अर्थ प्रकाश (light) र सँगै राख्नु (put together) हुन्छ ।
गहिरिएर सोच्ने हो भने, बोटविरुवामा हुने क्लोरोफिलले त्यसलाई हरियो बनाउने काम मात्र गरिररहेको हुँदैन, वास्तवमा यसले त समग्र सृष्टिको जीवनचक्रलाई नै निरन्तरता प्रदान गरिरहेको हुन्छ । यो क्लोरोफिल नामक पदार्थ नहुँदो हो त सम्भवतः यस पृथ्वीमा मानव र प्राणीहरुको जीवन नै सम्भव हुने थिएन होला । किनभने, क्लोरोफिल नहुने हो भने, विरुवाले खाना बनाउन सक्दैनथ्यो । खाना बनाउन नसक्दा बोटविरुवा हुर्कन सक्दैनथ्यो । बोटविरुवा हुर्कन नसक्दा त्यसमा आश्रित शाकाहारी प्राणीहरु पनि हुने थिएन भने शाकाहारी प्राणी नहँुदा त्यसमाथि आश्रित रहने मांसहारी प्राणी हुने त कुरै भएन ।
त्यसो त हरियो रंग नै नहुने बोटविरुवाहरु पनि हुन्छन्, तिनीहरु चाहिँ कसरी बाँच्न सक्छ त भन्ने प्रश्न पनि उठ्न सक्छ । जस्तो कि, च्याउ । च्याउमा क्लोरोफिल हुँदैन । वास्तवमा, च्याउ जस्ता विरुवाहरुले आफ्नो खानेकुरा आफैं उत्पादन गर्न सक्दैन । त्यसैले यस्ता विरुवाहरु अरु विरुवाहरुमाथि आश्रित रहेर बाँच्छन् । आफैं खानेकुरा उत्पादन नगर्ने तथा खानेकुरा प्राप्तिका लागि अन्य विरुवा तथा जनावरहरुमाथि आश्रित रहने यस्ता विरुवाहरुलाई परजीवी (parasites) भनिन्छ । अझ विरुवा तथा जनावरका कुहिदै गरेका भागबाट खाद्य पदार्थ ग्रहण गर्ने बोटविरुवालाई चाहिँ saprophytes भनिन्छ ।
सन्दर्भ स्रोतः Tell Me Why, Title Photo: https://www.aquaread.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा