बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकालीन मन्दिरको अवलोकन गर्न राष्ट्रपति रौतहट आउँदै

शुक्रबार, २५ पुस २०७६, २० : २८
शुक्रबार, २५ पुस २०७६

रौतहट । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी रौतहट आउने भएकी छिन् ।

नेपाल सरकारद्धारा सूचिकृत सय गणतब्य मध्ये रौतहटको मौलापुर नगरपालिका ५ पतौरास्थित कर्नाटकालीन महादेव मन्दिरको राष्ट्रपति विद्यादेवी भण्डारी उदघाटन गर्न आउने नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।

मौलापुर नगरपालिकाले भ्रमण वर्षको अवसरमा आयोजना गरिरहेको विषेश धार्मिक तथा पर्यटकीय कार्यक्रममा राष्ट्रपति भण्डारी प्रमुख अतिथीको रुपमा आउने भएकी हुन् ।

मौलापुर नगरपालिकाले शुुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कर्नाटकालीन महादेव मन्दिरको प्राङ्गणमा आगामी फागुन ४ गते देखि विषेश कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

नगरपालिकाका लेखा अधिकृत पवन महतोले पत्रकार सम्मेलनमा आगामी फागुन ४ गते बोलबमहरुको आगमन तथा कलशयात्रा, ५ गते महायज्ञ एवं शिवलिला प्रदर्शन, ६ गते राष्ट्रपति भण्डारीद्धारा विषेश पुजा तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।

मौलापुर नगरपालिकाद्धारा आयोजना भइरहेको विषेश धार्मिक कार्यक्रममा भारतका प्रसिद्ध कलाकार दिनेशलाल निरहुुआ, नायिका आम्रपाली दुुबे,नेपाली कलाकार नायक नाजिर हुसैन, भोजपुरिया गायक सुुनिल पण्डितलगायत प्रख्यात कलाकारले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने लेखा अधिकृत महतोल जानकारी गराए ।

मौलापुर नपा ५ पतौरास्थित फेलापरेको ११ औं सताब्दी कर्नाटकालीन युुगमा निर्माण भएको शीव मन्दिरको पुन : निर्माण समेत भइरहेको छ ।

नेपाल सरकारद्धारा सूचिकृत उक्क्त शीव मन्दिर सरकार र तत्कालीन माओवादी द्धन्दकालीन अवस्थामा एकजना स्थानीयले खेतमा खाल्डो खन्दा फेला परेको थियो ।

संघीय सांसद प्रभुु साहको बिषेश पहलमा उक्त मन्दिरको पर्खालको रुपमा प्रयोग गरीएको  ऐतिहासिक ईँटको पुुरातत्व बिभागमा जाँच हुँदा ११ औं सताब्दीमा निर्माण भएको प्रारम्भिक अनुमान गरीएको छ ।

मन्दिरको पर्खालको रुपमा रहेको ईँटाहरु झण्डै १० ईन्चभन्दा बढी चौडाई रहेको पाइएको छ । पौराणिक तथा ऐतिहासिक शीव मन्दिरलाई भैमण वर्ष २०२० को अवसर पारेर बिश्वसामुु ल्याउने उद्देश्य अनुुरुप धार्मिक बिषेश कार्यक्रमको आयोजना गर्न लागिएको मौलापुर नगरप्रमुख साहले जानकारी दिएकी छिन् । मौलापुर नपाको लगानीमा कर्नाटकालीन उक्त शिव मन्दिरको पुन: निर्माण भइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप