बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरीयाली सर्जन

शुक्रबार, २५ पुस २०७६, १८ : ५९
शुक्रबार, २५ पुस २०७६

ललितपुुर– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तर्क्रिया गरेका छन् ।

दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसंग अन्तर्क्रिया गरेका हुन्  ।

अन्तर्क्रियामा फरक शैलीमा उनले गर्दै आएको हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका थिए । नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिल कुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तक्र्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायि रहने अपेक्षा गरे ।

नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताए । 

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप