बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पताल विवाद : नयाँ व्यवस्थापन प्रवेश गर्न खोजे ‘दुर्घटना’ हुनसक्ने कर्मचारीको चेतावानी

बिहीबार, २४ पुस २०७६, १५ : २३
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्बुद रोग निवारण संस्थाका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका छन् । 

पुस २३ गते भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिको तर्फबाट एक विज्ञप्ति जारी गर्दै एनसीआरएसका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका हुन् । 

रातोपाटीमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै २३ वर्षसम्म अस्पताल दर्ता नै नगरी चलाएको, अस्पताललाई स्वायत्त संस्था बनाउने भने पनि नबनाएको र अस्पतालले तिर्नुपर्ने करसमेत नतिरेको भन्ने समाचार आएको भन्दै यसबारे सत्य तथ्य छानबिन नभएसम्म उनीहरुलाई अस्पताल प्रवेशमा रोक लगाइएको विज्ञप्तिमा जनाइएको छ । 


अहिले पनि अस्पतालमा बिरामीको उपचार नियमित रूपमा भइरहेको र कर्मचारीले काम गरिरहेको अवस्थामा नेपाल अर्बुद रोग निवारण संस्थाको तर्फबाट गठित नयाँ व्यवस्थापन समितिका सदस्यहरु आई असहज वातावरण निर्माण गरेमा ‘दुर्घटना’ हुनसक्ने समेत चेतावानी दिइएको छ । 

समितिका तर्फबाट अध्यक्ष शिवराम धुख्वाले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेपछि नेपाल अर्बुद रोग निवारण संस्थाले हालसालै बनाएको नयाँ व्यवस्थापन समिति पनि अस्पताल प्रवेश गर्न नसक्ने अवस्थामा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप