बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

बिहीबार, २४ पुस २०७६, १३ : ०८
बिहीबार, २४ पुस २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धा सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।

यस बैंकका ग्राहक महानुभावहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा यहाँहरुको सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराइने बैंकले जनाएको छ । 

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिन्छ ।

यस सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप