शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

ट्रम्पले भने, ‘इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकीलाई केही भएन’
बुधबार, २३ पुस २०७६, २२ : ३७
बुधबार, २३ पुस २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले स्पट पारे ।

ट्रम्पले भने, इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।’  राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’ 

उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरे । ट्रम्पले इराकमा अमेरिकी सेनाहरू बस्ने हवाई अड्डाहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि इरान अमेरिकाभन्दा निकै तल उभिरहेको देखिएको भन्दै ब्यंग्य गरे ।  बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो । 

केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।

ट्रम्पका सम्बोधनका महत्वपूर्ण हाइलाइट्सः –

आक्रमणमा कुनै अमेरिकीको मृत्यु भएको छैन ।

–अमेरिका जवाफी युद्धका लागि तयारी अवस्थामा रहेपनि इरान पछि हटेकाले युद्धको अवस्था छैन

–इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने छ।

जसका लागि राष्ट्रसंघमा छिट्टै प्रस्ताव लगिनेछ ।

–इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्छ ।

–कासिम सोलेमानी विश्वका प्रमुख आतंककारी हुन्। उनी पहिल्यै मारिनुपथ्र्यो ।

–हामी अहिले तेलको नम्बर वान उत्पादक हौँ । हामीलाई मध्यपूर्वको तेल चाहिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप