शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडक निर्माणका लागि रुख काट्न सुरु

बुधबार, २३ पुस २०७६, १५ : २०
बुधबार, २३ पुस २०७६

बुटवल । बुटवल–नारायणगढ सडक खण्ड चार लेनको बनाउनका लागि रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख  काट्न सुरु  गरिएको हो । रुख काट्न थालिएपछि सडक निर्माण कार्य पनि तीब्र पारिने  छ । त्यसका अलवा  महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रियाअघि बढाइसकेको  त्यस  सडक पूर्वी खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले बताए  ।
 
वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई एक पत्र पठाएर सडक फराकिलो पार्न ४६ हजार २ सय ९४ हजार रुख काट्ने अनुमति दिएको थियो । सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)  ले रुख काटेर धमाधम काम अगाडी बढाउने जनाएको छ ।

रुख काटे लगत्तै  त्यस सडक खण्ड छेउ दुबै तर्फका  विद्युतका  २४ सय  थान  पोल हटाउनका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ । हाल दुई लेनको सडकको दायाँबायाँ पर्ने २४ सय विद्युत् पोल हटाउँदा  प्राधिकरणले ३३ केभी र ११ केभीका ५ वटा सर्किट बनाएर कामअघि बढाउन ५२ करोडको लागत स्टिमेट मूल्यांकन गरेर पठाइएको नेपाल विद्युत् प्राधिकरण कावासोतीका प्रमुख मधुसूधन यादव बताउँछन्  । उनका  अनुसार रुख काट्नासाथ एकतर्फी सडक निर्माण सुरु गरिने छ  ।

पूर्वी नवलपरासी तर्फको सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट र गैंडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको हो । ११४ किलोमिटर सडक खण्डको काम दाउन्ने गैंडाकोटबाट र दाउन्ने बुटवल खण्ड गरेर दुई समूहमा बाँडेर एकैचोटी काम सुरु गरिको  हो । जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि वन मन्त्रालयले ढिलो अनुमति दिँदा काम अघि बढ्न सकेको थिएन ।

अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन  नेपालले १७ अर्बमा चिनियाँ ठेकेदारलाई ठेक्का दिएको हो । काम द्रूतरुपमा अघि बढाउन ४ स्थानमा साइट अफिस राखेको चिनियाँ कम्पनीले काम अघि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप