इरान विमान दुर्घटना : कहाँका थिए ज्यान गुमाउने यात्रु ?
तेहरान । १ सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको बोइङ ७३७–८०० विमान इरानमा दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको इरानको मिडियाले जानकारी दिएको छ ।
युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र हालसम्म यो दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएको छ ।
‘प्रारम्भिक जानकारी अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बुझिएको छ । तत्कालका लागि आतङ्कवादी आक्रमणलाई खारेज गरिएको छ,’ युक्रेनको विदेशमन्त्रालयको वेबसाइटमा जारी गरिएको दूतावासको विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनी (चालक दलका सदस्य) चार अफगानी, तीन बेलायती र तीन जर्मन नागरिक सवार रहेको विदेश मन्त्री भादिम प्रिस्ताइकोले जानकारी दिए ।
युक्रेनका राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले आफ्नो ओमान भ्रमणलाई छोट्याउँदै किएभ फर्कने जानकारी दिएका छन् । उनले आधिकारिक रिपोर्ट नआएसम्म दुर्घटनाबारे अनुमान र जाँच नगरिएका सिद्धान्तहरुको पछि नलाग्न चेतावनी पनि दिए ।

उनले आफ्नो वक्तव्यमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विमानमा १६८ यात्रु र ९ जना चालक दलका सदस्य उडान भर्नका लागि रजिस्टर गरिएको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि युक्रेन इन्टरनेसनल एयरलाइन्सले तेहरानमा उडान भर्न अनिश्चितकालिन रोक लगाएको छ । विमान कम्पनीले सोमबार मात्र विमानको अन्तिम पटक नियमित मर्मत गरिएको थियो ।
उद्धारकर्ताहरुले विमानको एउटा ब्ल्याक बक्स फेला पारेको इरानी मिडियाहरुले जनाएका छन् ।
बीबीसीका अनुसार दुर्घटनामा परेको विमान सन् २०१६ मा निर्माण गरिएको थियो र युक्रेनलाई नयाँ हस्तान्तरण गरिएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण