बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले भने ‘अल इज वेल’

बुधबार, २३ पुस २०७६, १० : ५४
बुधबार, २३ पुस २०७६

एजेन्सी । इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आक्रमण गरेपछि ट्रम्पको पहिलो बयान आएको छ । जुन तुलनात्मक रुपमा सकारात्मक देखिन्छ ।

अमेरिकी राष्ट्रपतिले इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट गरेका छन् ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो । अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ । हालसम्मको अवस्था ठीक देखिन्छ ।’

त्यसपछि ट्रम्पले आफ्नो सेनाको महिमागान गरेका छन् । सोही ट्वीटमा उनले अगाडि लेखेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’

यसअघि ह्वाइट हाउसले इरानको आक्रमणपछि विकसित घटनाक्रममा ट्रम्पले नजिकबाट निगरानी गरिरहेको बताएका थियो ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा लेखेकी थिइन्, ‘हामी इराकस्थित अमेरिकी संयन्त्रमाथि भएको आक्रमणको खबरबारे राम्ररी अवगत छौं । राष्ट्रपतिले आक्रणको जानकारी पाएपछि राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप