शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो पो रहेछ मान्छेलाई बोसो लाग्नुको रहस्य !

के साँच्चै भात नपचेरै बोसो लाग्ने हो त ?
बुधबार, २३ पुस २०७६, ०० : २७
बुधबार, २३ पुस २०७६

केही मान्छे कमजोर भयो वा दुब्लो पातलो भयो भने हामी सामान्य रुपले भन्ने गर्छौं– खानामा क्यालोरी पुगेन जस्तो छ । यसरी, सामान्य भाषामा भन्दा हामीले क्यालोरी भनेको शक्ति हो भन्ने बुझ्छौं ? तर के क्यालोरी भनेको शक्ति नै हो त ?

हो, एक किसिमले क्यालोरी भनेको शक्ति नै हो । तर ठोस रुपमा भन्दा क्यालोरी भनेको शक्ति वा ताप नाप्ने इकाईको नाम हो । एक क्यालोरी भनेका एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रड तापक्रमममा ल्याउन लाग्ने बराबरको शक्ति हो ।

तपाईको मनमा प्रश्न उठ्न सक्छ त्यसो हो भने खानेकुराहरुमा चाहिँ किन क्यालोरी शब्दको प्रयोग गरिन्छ तट?

वास्तवमा, खाइएका प्रत्येक खानेकुराहरुले हाम्रो पेटभित्र शक्ति पैदा गर्छ । उदाहरणका लागि, एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ । त्यसैगरी, एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी पैदा गर्छ ।

एउटा मान्छेलाई  एक दिनमा कति क्यालोरी चाहिन्छ ? यो कुरा मान्छेले गर्ने काममा भर पर्छ । एउटा ६८ किलोग्राम तौल भएको मान्छेले केही काम नगरी बस्ने हो भने उसलाई दिनभरिमा १,६८० क्यालोरी चाहिन्छ । तयही मान्छेले सामान्य काम गर्‍यो भने, ३,३६० क्यालोरी र अलि बढी मेहनत पर्ने काम गर्‍यो भने उसलाई ६,७२० क्यालोरीको जरुरत पर्छ ।

त्यसो त मान्छेलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा त्यो व्यक्तिको उमेर, लिंग शरीरको आकार, शारीरिक अवस्था, वातावरणजस्ता कुराहरुमा पनि निर्भर गर्छ ।

मन्छेले आफूलाई चाहिने भन्दा बढी क्यालोरी लियो भने चाहिं के होला त ?

मन्छेले आफूलाई चाहिनेभन्दा बढी क्यालोरी लियो भने, त्यसलाई भविष्यमा प्रयोग गर्नको लागि शरीरले संचित गर्न खोज्छ । तर यस क्रममा हाम्रो शरीरले प्रतिदिन चाहिने क्योलोरीको एक तिहाई भाग मात्र संचित गर्नसक्छ । फलतः बढी क्यालोरीहरु बोसोमा परिणत हुन थाल्छ । मान्छेहरुमा बढी बोसो लाग्नुको खास रहस्य पनि यही नै हो ।

नेपालीमा एउटा उखान छ नि–‘भात नपचेर बोसो लागेको ।’ के यो उखान ठीक छ त ? माथिको कुरा पढेपछि तपाईँ के भन्नु हुन्छ ?

Title Photo: https://www.gymfailedyou.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप