शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बोल्दा हिन्दी मिसिए पछि मनिषाले ठोकिन् अंग्रेजीमा भाषण (फोटो)

आइतबार, ०४ असार २०७४, १६ : २०
आइतबार, ०४ असार २०७४

काठमाडौं  । नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री हुन् मनिषा कोइराला । केही नेपाली चलचित्र अभिनयको असफलता पछि उनी बलिउड तिर हानिएकी हुन् । बलिउडमा भने उनले राम्रो सफलता हात पारिन् ।

दुई दशक बढी समय बलिउड अभिनयमा बिताएकी मनिषाले थुप्रै गर्व गर्न लायक बलिउड चलचित्र अभिनय गरेकी छन् ।


पछिल्लो समय केही नेपाली चलचित्रमा समेत अभिनय गरेकी मनिषाले केही बर्ष अगाडि एक नेपाली ब्यवसायीसँग लगनगाँठो समेत कसेकी थिइन् । उक्त बिबाह लामो समय टिक्न सकने ।


यी नै अभिनेत्री मनिषा नेपाली राम्रोसँग बोल्न जान्दिनन् । भन्दा पत्यर नलाग्न सक्छ । तर यो बास्तिकता हो । शनिबार आयोजित एनएफडिसी पुरस्कार समारोहमा उनले राम्रोसँग नेपाली बोल्न सकिनन् ।


कोइराला प्रमुख अतिथिको रुपमा पुरस्कार समारोह पुगेकी थिइन् । राजधानीको हायात रिजेन्सी होटलमा आयोजित समारोहमा सेतो धर्सा गरेको रातो सारीमा सजिएर कार्यक्रम स्थल पुगेकी उनले पानसमा बत्नी बालेर कार्यक्रम उद्घाटन समेत गरिन् ।


कार्यक्रम उद्घाटन पछि आयोजकले उनलाई मन्तब्य राख्न अनुरोध गर्यो । मन्तब्यको क्रममा उनले शुद्ध नेपाली बोल्न सकिनन् । उनको नेपालीमा धेरै भारतीय भाषा मिसियो । भारतीय र नेपाली भाषा मिसिएर बोल्दै गर्दा उनलाई केही असहज महशुस भएछ कि के हो उनले तुरुन्तै अंग्रेजीमा बिचार राखिन् । 


चलचित्र पुरस्कारको महत्वको बिषयमा आफ्नो धारणा राखेकी कोइरालाले कार्यक्रममा गोपीकृष्ण मार्फत नेपाल क्यान्सर केयरलाई सहयोग समेत गरिन् । 


नेपाल सरकारले पछिल्लो समयको बागमती सफाइ महाअभियानको सद्भावना दूतमा अभिनेत्री मनिषालाई मनोनित गरेको छ । सोही क्रममा शनिबारको सरसफाई अभियानका लागि उनी केही दिन पहिले नेपाल आएकी हुन् । उनी नेपाल भएको मौका छोपेर एनएफडिसी पुरस्कारका आयोजकले उनलाई प्रमुख अतिथी बनाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप