शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन फर्कन्छ हाम्रो शरीरको मासु ?

मङ्गलबार, २२ पुस २०७६, १२ : ५९
मङ्गलबार, २२ पुस २०७६

हाम्रो शरीरमा करीव ६ सय पचास वटा मांशपेशीहरु हुन्छन् । र, प्रत्येक मांशपेशीका आफ्नै निश्चित कामहरु हुन्छन् । हाम्रो शरीरको तौलको करीब ४० प्रतिशत भाग त मासु नै हुन्छ ।

मासु केले बनेको हुन्छ ?

मासु तन्कन सक्ने फाइबर जस्ता पदार्थहरुका समुहहरु मिलेर मासु बनेको हुन्छ । मासुको प्रत्येक फाइबर करीब ४० मिलिमिटर लामो हुन्छ र तिनीहरु एक आपसमा बटारिएर फाइब्रिल्स (Fibrlis) वा मासुको चोक्टा बनेका हुन्छन् । फाइबर यति मसि ना हुन्छन् कि, एक सेन्टिमिटर मासुमा करीब १० लाखसम्म फाइबरहरु हुन्छन् । फेरी प्रत्येक फाइबरहरु स्नायुद्धारा सञ्चालित एवं नियन्त्रित हुन्छन् । त्यसैले नै ती फाइबरहरु एकापसमा बाँधिएका हुन्छन् र मासुको क्रियाकलाप निर्धारित भएको हुन्छ ।

मासु फर्कनु भनेको के हो ?

कहिलेकाहीं हाम्रो खुट्टाको छेपारी (नली हाडको पछाडी,घुँडामुनिको मासु) सहनै नसक्ने गरी दुख्छ । त्यसलाई मासु फर्केको (Muscle cramp) भनिन्छ । यस्तो पीडा कैयन मिनेटसम्म पनि भइरहन सक्छ ।

कहिलेकाही हाम्रो शरीरको मासु आकस्मिक रुपमा खुम्चन्छ । त्यस्तो बेलामा हामीले अति नै दुख्छ । यही स्थिति भनेको नै ‘मासु फर्केको’ हो । यसरी ‘मासु  फर्केको’ ठाउँको हड्डीमा  र मासुमा अत्यन्तै ठुलो तनाव भै रहेको हामीलाई महशुस हुन्छ । हाम्रो ‘मासु फर्केको’ भाग मासु पहिलेकै अवस्थामा नअएसम्म त्यो कायमै रहन्छ ।

Title Photo: https://trainright.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप