मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिएमडब्ल्यु क्रिकेट कपको उपाधि रोयल राइनोज क्रिकेट क्लबलाई

मङ्गलबार, २२ पुस २०७६, १२ : २६
मङ्गलबार, २२ पुस २०७६

मेलबर्न । रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टी ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । 

साेमबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै उक्त उपाधि हात पारेको हो ।
 
पहिला ब्याटिङ गरेको सगरमाथा क्रिकेट क्लबले २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रन बनाएको थियो । सगरमाथा क्रिकेट क्लबको लागि आशिष जिसीले ५४, अबिनाश पौडेलले २६ तथा कुशल तुलाधरले १७ रनको योगदान दिए ।

रोयल राइनोजको लागि निरज श्रेष्ठले ३ तथा निरन्जन कार्की, पुकार भण्डारी तथा भिष्मले समान १/१ बिकेट लिए ।

१३९ रनको बिजय लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रनमा पुग्दा खेल टाइ हुन पुगेको थियो । रोयल रानोजका लागि मोहन पुनले ५८, मोहन टण्डनले २४ तथा निरज श्रेष्ठले ११ रनको योगदान दिए ।

सगरमाथा क्रिकेट क्लबको लागि कुसल तुलाधरले ३ तथा समिप थापा, निकेश खनाल, साजेन्द्र श्रेष्ठले समान १/१ बिकेट लिए ।

फाइनल खेल टाइ भएपछि सुपर ओभरमा खेलाइएको खेलमा रोयल राइनोज क्रिकेट क्लब बिजयी हुन पुगेको हो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको रोयल राइनोज १३ रन बनाउन सफल भयो । राइनोजका लागि निरज श्रेष्ठले ३ चौकाको मद्धतले १२ रनको योगदान दिए । सुपरोभरमा १३ रन पछ्याएको सगरमाथाले मात्रै ११ रन बनाउँदा कुशल तुलाधरले ७, आशिष जिसीले ३ बनाउँदा रोयल राइनोजका निरज श्रेष्ठले मात्रै ११ रन खर्चेर रोयल राइनोज बिएमडब्ल्यु क्रिकेट क्लबको उपाधी जित्दा सगरमाथा क्लब उपबिजेतामा सीमित हुन पुग्यो ।

रोयल राइनोजलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोहन पुन फाइनल खेलका प्लेयर अफ द म्याच चुनिए साथै पुनले बेस्ट ब्याट्सम्यान र फिल्डरको अवार्डसमेत जिते । त्यस्तै रोयल राइनोजका अभिनाश पौडेलले बेस्ट बलर र प्लेयर अफ द टुनामेन्टको अवार्ड हात पार्दा सगरमाथाका सुशन गुरुङले बेस्ट किपरको अवार्ड थापेका थिए । उपाधि बिजेता रोयल राइनोज र उप बिजेता सगरमाथाले अर्को साताबाट अस्ट्रेलियामै आयोजना हुनु म्याप क्रिकेट प्रतियोगितामा समेत छनोट भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप