वास्तुशास्त्रः घरमा नराख्नुहोस् सिंह, बाज र परेवाजस्ता पशुपंक्षीको फोटो
वास्तुशास्त्र अनुसार घरमा मूर्ती र तस्बिर राख्दा सावधानी अपनाउनुपर्छ । मानसार, समरांगणसूत्रधार, प्रासाद मण्डन र वृहत्संहिताजस्ता वास्तु ग्रन्थमा घरको सजावट र अन्य कुराबारे बिस्तारपूर्वक बताइएको छ । यी ग्रन्थ अनुसार घरमा राखिएका वस्तु र तस्बिरको शुभ–अशुभ असर त्यहाँ बस्ने मानिसहरुमाथि पर्छ । यी ग्रन्थले घरमा के कस्ता तस्बिर र मूर्ती नराख्दा राम्रो हुन्छ भन्ने जानकारी दिएको छ, यसबारे जानकारी लिऔं ।
जनावरबाहेक ऐतिहासिक र पौराणिक फोटोका लागि पनि सावधान हुनुपर्छ
– समरांगण सूत्रधारको ३८ औं अध्यायमा गिद्ध, उल्लू, परेवा, कौवा, बाज र बकुल्लाजस्ता पंक्षीको फोटो वा चित्र भित्तामा राख्नुहुँदैन ।
– सर्प, गोहीजस्ता जन्तुको फोटो, आकृति र उनीहरुजस्तै आकार प्रकारका वस्तु घरमा राख्न दोष लाग्छ ।
– सुँगुर, बाँदर, ऊँटका साथै अन्य जंगली जनावरजस्तै सिंह, स्याल, बिरालो जस्ता मांसहारी पशुको चित्र पनि घरमा राख्नुहुँदैन ।
– रामायण र महाभारतका साथै कुनै पनि प्रकारको युद्ध चित्र घरमा हुनु शुभ मानिँदैन । यसका साथै इतिहास र पुराणमा बताइएका कथा–कहानीको पात्रको चित्र पनि घरमा राख्नुहुँदैन ।
– रोइरहेका मानिस, राक्षस र भूत प्रेतका भयंकर चित्र पनि घरमा हुनु अशुभ मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार