शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन आउँछ आत्महत्या गर्ने सोच ?

सोमबार, २१ पुस २०७६, १२ : ५९
सोमबार, २१ पुस २०७६

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले आत्महत्या नियन्त्रण गर्नको लागि एउटा अनुसन्धान गरेको छ । 

म्यालिकुलर साइक्याट्रिक जर्नलले प्रकाशित गरेको उक्त अनुसन्धानमा आत्महत्याको सोच र व्यवहारको विषयमा ब्रेन इम्याजिनले अध्ययन गरेको थियो । जसले एक दशकसम्म यसै विषयमा केन्द्रित भएर गहन अध्ययन गरेको बताएको छ ।

उक्त अनुसन्धानले मस्तिष्कभित्र नै भएको प्रमुख प्रमुख नेटवर्कको बारेमा पत्ता लगाएको छ । जसले आत्महत्या गर्न उत्प्रेरित गर्ने गर्छ । मस्तिष्कभित्रको तिनै दुईवटा नेटवर्कको कारण नै मानिसहरुमा आत्महत्या गर्ने इच्छा जाग्ने र केहीले वास्तवमै आत्महत्या पनि गर्छन् । 

अनुसन्धानकर्ताहरुले यसै सन्दर्भलाई लिएर १३१ वटा अनुसन्धान गरेको थियो । जसमा १२ हजारभन्दा बढी मानिसहरु सहभागी भएका थिए । यसै अनुसन्धानबाट मस्तिष्कको संरचना र काममा आउने परिवर्तनले नै आत्महत्याको जोखिम बढाउने पत्ता लागेको हो । 

संसारभरीमा हरेक वर्ष ८ लाख मानिसहरुले आत्महत्या गर्ने तथ्याकंमा उल्लेख गरिएको छ । हरेक ४० सेकेण्डमा एउटा आत्महत्याको घटना घट्ने पनि तथ्याकंमा उल्लेख छ । 

अनुसन्धानको अनुसार विश्वस्तरमा १५ देखि २९ वर्षमा हुने मृत्युको प्रमुख कारण आत्महत्या भएको खुलेको छ । यसैगरी, क्यान्सर, हृदय रोग, एड्स, जन्मजात रोग, स्ट्रोक, निमोनिया, इन्फ्ल्युएन्जा र फोक्सोको रोग जस्ता रोगले पनि किशोरावस्थामा मृत्यु हुने गरेको छ ।

अनुसन्धानका अनुसार मस्तिष्कको संरचनात्मक, कार्यात्मक र दिमागमा हुने अति मसिना कणहरुमा आउने परिवर्तनको कारण पत्ता लगाउने कोसिस गरियो जसले आत्महत्याको जोखिम बढाउँछ । यसैक्रममा मस्तिष्कको दुईवटा नेटवर्क पत्ता लगाएको छ र त्यसबीचको सम्बन्धको बारेमा पत्ता लगाएको छ जसले आत्महत्या गर्न दुरुत्साहन गर्छ ।

उक्त नेटवर्कमा मस्तिष्कको बाहिरी आवरणमा रहेको मेडियाल र लेटलल भेन्ट्रल प्रिफ्रन्टल कोर्टेक्स भनेर चिनिने तत्वले भावनासँग सम्बन्ध राख्ने र तिनीहरुका परिवर्तन आउँदा अत्यधिक नकारात्मक विचार पैदा गर्ने र त्यसलाई नियन्त्रण गर्न नसक्दा आत्महत्याको विचार आउने गर्छ । 

यसैगरी, दोस्रो नेटवर्कको रुपमा डोर्सल प्रिफ्रन्टल कोर्टेक्स र इन्फेरियर फ्रन्टल गाइरस सिस्टम प्रणालीको रुपमा चिनिन्छ जसले आत्महत्या गर्ने विचारमा प्रभाव पार्न सक्छ । यसले निर्णय लिने र समस्याको वैकल्पिक उपाय सोच्नको लागि व्यवहारलाई नियन्त्रणमा लिन सक्छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप