मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी
सोमबार, २१ पुस २०७६, ०७ : ४२
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन ।
वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।
वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।
चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । यो समाचार आजको आर्थिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा