बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाद्वारा नेयमारविरुद्ध मुद्दा दर्ता

बुधबार, ०७ भदौ २०७४, ०९ : ३०
बुधबार, ०७ भदौ २०७४

बार्सिलोना । विश्वकिर्तिमानी रकममा पेरिस सेन्ट जर्मेनसँग अनुबन्ध भएका नेयमारविरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले मुद्दा दर्ता गरेको छ । मुद्दामा नेयमारसँग ७८ लाख पाउण्ड माग गरिएको छ ।

ब्राजिलियन खेलाडी नेयमार फ्रेन्च क्लबसँग २० करोड पाउण्डमा केही समयअघि अनुबन्ध भएका थिए ।

बार्सिलोनाले नेयमारसँग नयाँ ५ वर्षे करार गर्दा पाएको बोनस रकम फिर्ता माग्दै मुद्दा दर्ता गरेको हो । करार गरेको ९ महिनापछि नै नेयमारले क्लब छाडेका थिए । 

‘नेयमारले आफ्नो करार पूरा नगरेका कारण क्लब उनीसँग बोनस बापत प्राप्त रकम फिर्ता माग गर्दछ,’ क्लबले वक्तव्यमा जनाएको छ ।

त्यसको साथै रकम फिर्ता गर्न ढिला गरेको कारण १० प्रतिशत थप रकम माग गरिएको छ ।

वक्तव्यमा खेलाडीले रकम दिन नसके यसको जिम्मेवारी पेरिस सेन्ट जर्मेनले लिनुपर्ने पनि उल्लेख छ ।

पीएसजीले बार्सिलोनाको वक्तव्यप्रति ‘आश्चर्य’ प्रकट गर्दै बार्सिलोनाको मनोवृतिको आलोचना गरेको छ ।

बार्सिलोनाले नेयमारविरुद्ध कानुनी कारवाही अगाडि बढाएको बताएपछि पीएसजीले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

पीएसजीले नेयमारलाई अनुबन्ध गर्दा कुनै पनि गलत कार्य नगरेको पनि प्रष्ट पारेको छ ।

गत अक्टोबरमा बार्सासँग नयाँ करार गर्दै नेयमारले क्लबसँग सन् २०२१ सम्म रहने बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप