बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा अविरल वर्षाले घर क्षति : धनप्रसादले ततकाल गरे यस्तो सहयोग

बुधबार, ०७ भदौ २०७४, ०९ : ०२
बुधबार, ०७ भदौ २०७४

हुम्ला - सदरमुकामदेखि उत्तरी भेगमा पर्ने सिमीकोट गाउँपालिका–७ डाँडाफया गाउँमा भदौ २ गतेको अविरल वर्षाले गर्दा एक घर पूरै क्षति भएको छ । 

उक्त गाउँपालिकाको गगनसिंह कामीको एक तले घर पूरै क्षति र घरमा भएका लत्ताकपडा, भाडाकुँडा, अन्नपातसमेतमा क्षति भएको र अमृते कामीको तीनकोठे घरमा पनि क्षति भएको र अन्नपात, भाडाकुँडा, नगद ३२ हजार गरी दुई लाख ३२ हजार ५०० बराबरको क्षति भएको छ ।

जिल्ला दैवी प्रकोपका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले पीडितलाई पाँच हजारका दरले राहत वितरण गरेका छन् ।
 । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप