बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुस २५ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै

आइतबार, २० पुस २०७६, १३ : १७
आइतबार, २० पुस २०७६

काठमाडौं– अल्फा बिटाले पुस २५ गते शुक्रबार (१० जनवरी) मा नयाँ बानेश्वर स्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । 

मेला बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म सन्चालन हुने छ । अष्ट्रेलियामा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए । 

मेलामा अष्ट्रेलियाका २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउनेछन् । मेलाको उद्घाटन नेपालका लागी अष्ट्रेलियन राजदुत पिटर बडले गर्दैछन ।

सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस तथा पिटिइ तयारी कक्षामा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिनुका साथै प्रत्येक घण्टा लक्की विनर घोषणा गरिनेछ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।

अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । अल्फा बिटाले निरन्तररुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरेबापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ ।

सन २०१७, २०१८, तथा २०१९ मा आइडिपि आइइएलटिएसको नम्बर १ बिजनेस पार्टनर प्राप्त गर्नुका साथै पियरसनद्वारा सर्टिफिकेट अफ एप्रिसियसनबाट पनि सम्मानित भैसकेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप