सबै जनतालाई सुरक्षित घरमा राख्छौँ: मन्त्री अर्याल
शनिबार, १९ पुस २०७६, २२ : १२
स्याङजा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताएकी छिन् ।
सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिइन् ।
मन्त्री अर्यालले भनिन्, ‘सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।
जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते