शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वस्तिसहितको जमिन व्यक्तिको नाममा

शनिबार, १९ पुस २०७६, २० : २०
शनिबार, १९ पुस २०७६

सिरहा । सिरहाको धनगढीमई नगरपालिका – १२ नेवारटोलको मुसहर (सदाय) बस्तीसहितको जग्गा स्थानीय सूर्यप्रकाश महतोले खरिद गरेका छन् । चारपुस्ताभन्दा बढी समयदेखि सिरहाकै तेनुवापट्टीका राजकुमार यादवको नाममा रहेको ३ विगहा ३ कठ्ठा जग्गामा बस्तै आएको ३२ घर परिवार रहेको बस्ती स्थानीय सूर्यप्रकाश महतोले आफ्नो श्रीमती निर्मला महतोको नाममा खरिद गरेका हुन् ।

केही दिनअघि मात्र सबैै स्थानी बासीसँग सुर्यप्रकाशले ४५ हजारको दरले एक कठ्ठा जमिन दिनेभन्दै रकम असुल गरेको वडा अध्यक्ष राजु श्रेष्ठले बताए । 

उनले भने, ‘धम्क्याउँदै तिमीहरुले यहाँ घरबनाउने हो भने ४५ हजारले देऊ । त्यस वापत एक कठ्ठाको दरले जमिन दिन्छौं । नत्र तिमीहरुको घर यहाँ रहँदैन भनेको मलाई जानकारीमा आएको छ ।’

महतोले राजकुमार सदाय, भोला समूदाय, रामदेव सदाय, सुरेश सदाय, विनोद सदाय, विमला सदाय, विन्दिलाल सदाय, विजय सदाय सहित १३ जनासँग रकम असुलेका छन् ।

उनलेभने, ‘रकम असुलेको थाहा पाउने वित्तिकै म आफै बस्तीमै पुगेर बुझ्दा १३ जना सँग ४५ हजारका दरले ५ लाख ८५ हजार रुपैयाँ असुल गरिसेको पाइएको छ । बाँकीलाई मैले नदिन भनें, त्यसपछि रोकिएको छ ।’ 

श्रेष्ठले सदायहरुसँग उठाएको नगद फिर्ता गर्न महतालाई अनुरोध गरेको बताए । नगरपालीका मार्फत सो जमिनमा नमुना दलित बस्ती बनाउने योजना बनाएको बेला महतोल सदायहरुसँग ४५ हजारका दरले रकम असुर गरेको श्रेष्ठले बताए । 

श्रेष्ठले साविक जग्गा धनी यादवसँग सदायबस्तीको जग्गा उनीहरुलाई नै दिन अनुरोध गरिरहेकै वेला महतोले जमिन आफ्नी श्रीमतीको नाममा ल्याएको जनाए । 

वडाअध्यक्ष श्रेष्ठ अनुासर महतोले उक्त जग्वगा श्रीमतीको नाममा गत मंसिर २४ गते गरेका थिए । उनले पुस्तौ देखि बसोवास गर्दै आएको दलितवस्ती कुनै हालतमा उठीवास नहुने दाबी गरे। 
उनले भने, ‘दलितबस्ती रहेको ठाउँमै नमुना दलित बस्ती बनाउने योजना अघिल्लो नगरसभाले पास गरिसकेको छ, यहाँ जसरी पनि बस्ती बन्छ ।’

सदायहरुले  मासिक  सयकडा ३ देखि ५ रुपैयाँसम्म व्याज तिर्नेगरी ऋणकाडेर महतोलाई रकम बुझाएको वडाअध्यक्ष श्रेष्ठले बताए ।

 ‘यो पाराले दलितको बस्ती बस्छ कि उनीहरु भएको ठाउँबाट उठिबास लाग्छ ? जसो तसो मजदुरी गरेर जीविको चलाईयरहेको सदायहरु यसरी बर्बाद हुँदैन ?’ उनको पश्न थियो ।

यता जमिन खरिद गर्ने सूर्यप्रकाश महतोलेभने दलितहरुको वस्ति व्यवस्थित गर्न नै आफू लागेको बताए । श्रीमतीको नामा जग्गा दर्तापछि उनले भने, ‘मैले दलितहरुलाई सुरक्षित गर्न नै त्यस्तो गरेको हो, दलितहरुसँग उठाएको पैसा जमिन बालालाई दिएर जमिन खरिद गरिएको हो । अव चाँडै दलितहरुकै नाममा जमिन जान्छ ।’ महतो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का स्थानीय नेता हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप