राजपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार
शनिबार, १९ पुस २०७६, १६ : ०८
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।
मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भने शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिन्छन् ।
राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा