बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जागिर खान लिखित प्रतियोगिता परीक्षा लिने प्रचलन कहाँबाट शुरु भयो ?

शनिबार, १९ पुस २०७६, १३ : ३२
शनिबार, १९ पुस २०७६

स्थायी सरकारी जागीर खानको लागि निश्चित प्रक्रियाहरु पुरा गर्नु  पर्छ । ती मध्ये लिखित प्रतियोगिता परीक्षा पनि हो । लोक सेवा आयोगले सञ्चालन गर्ने त्यस्तो लिखित परिक्षामा राम्रो अंक ल्याउने परिक्षार्थीले सरकारी जागीर खाने मौका पाउँछ । सरकारी बाहेक अन्य संस्थाहरुले पनि यस्ता लिखित परिक्षाहरु लिने गरेका छन् ।

यसरी परिक्षा लिएर राम्रो अंक ल्याउनेलाई नोकरीको लागि छान्दा योग्य मानिसहरु छानिने संभावना बढी रहन्छ ।

तर के तपाई थाहा छ–संसारमा यस्तो प्रचलनको शुरुवात कहाँबाट थियो भन्ने कुरा ?

विश्वको इतिहास केलाउदै जाने भने, लिखित प्रतियोगिता परीक्षाको शुरुवात सबैभन्दा पहिले दोस्रो शताब्दीतिर चीन देशबाट भएको पाइन्छ । त्यसबेला चीनमा सरकारी तथा सार्वजानिक सेवाहरुमा तिनै व्यक्तिहरुलाई छनौट गरिन्थ्यो, जो लिखित प्रतियोगिता परीक्षामा प्राप्तंकको दृष्टिकोण्ले क्रमश अगाडि हुन्थे । तर ठीकै त्यस बेलातिर, संसारका अन्य देशहरुमा सरकारी जागीरमा सत्तामा रहेका व्यक्तिहरुका नाता कुटुम्बाहरुलेमात्रै प्राथमिक्ता पाउँथे ।

http://www.bhutannatural.com

६१८ इं. देखि ९०६ ई.का बीच चीनमा तांग राजबंशले शासन गरेको थियो । त्यस समयमा चीनमा सरकारी जागिरमा योग्यताको आधारमा उम्मेदवारलाई चयन गर्नको लागि केन्द्रीकृत प्रतियोगिता परीक्षाको व्यवस्था पनि गरिएको थियो । उक्त परीक्षामा कुनै भेदभाव गरिदैनथ्यो, सबैले समान रुपमा भाग लिन पाउँथे ।

विभिन्न सरकारी ओहोदाहरुका लागि हुने ती प्रतियोगिताहरुको परीक्षा कैयौ दिनसम्म पनि चलिरहन्थ्यो । रोचक कुरा त के थियो भने, त्यस बेलाको परीक्षामा अहिले जस्तो २–३ घण्टाको सीमित समय सीमा राखएका हुँदैनथ्यो प्रतियोगिहरुलाई उत्तर लेख्नका लागि पूरै दिनभरिको समय प्रदान गरिन्थ्यो । परीक्षामा अनियमितता वा धाँधलीहरु हुन दिइँदैनथ्यो, अत्यन्तै कडाइका साथ परीक्षा सञ्चालन गरिन्थे ।

त्यसरी परीक्षा लिइसकेपछि प्रत्येक उत्तर पुस्तिकाको प्रतिलिपि तयार गरिन्थ्यो । यसरी प्रतिलिपि तयार गर्ने काम पनि अलग अलग व्यक्तिहरुले गर्ने गर्थे । र, त्यसरी तयार गरिएको प्रतिलिपि चाहिँ जाचिन्थ्यो , त्यसरी प्रतिलिपि तयार गराइनुको कारण चाहिँ परीक्षकले परीक्षार्थीलाई नचिनोस् र कुनै किसिमको पक्षपात नहोस भन्ने नै थियो ।

त्यसरी अत्यन्तै कडाइका साथ लिइएको परीक्षामका जुन परीक्षार्थीले सबैभन्दा बेसी अंक प्राप्त गर्थे, त्यही व्यक्ति नै सम्बन्धित पदका लागि सबैभन्दा योग्य व्यक्तिको रुपमा छनौट गरिन्थे । सबैभन्दा बेसी अंक ल्याउनेहरुलाई अंकका आधारमा उच्च पदहरु दिइन्थे । त्यसैले आमरुपमा नै के धारणा बन्न गएको थियो भने, जसले बेसी अंक ल्यउने छ, उसैले नै राम्रो र उच्च पदक पाउने छ ! 

Title Poto: https://images.yourstory.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप