शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीले क्षति पुर्याएको विद्यालयलाई ओए ग्रुप चितवनको सहयोग

मङ्गलबार, ०६ भदौ २०७४, २१ : ३६
मङ्गलबार, ०६ भदौ २०७४

चितवन– ओए ग्रुप चितवनले माडीमा गएको विनाशकारी बाढीवाट प्रभावित राष्ट्रिय आधारभुत विधालय रतनी धोवाहालाई आर्थिक सहयोग गरेको छ ।

मंगलवार चितवनको सदरमुकाम भरतपुरवाट माडी आइपुगेको टोलीले नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच आर्थिक सहयोग गरेको ओए ग्रुपका पदाधिकारी नारायण सापकोटाले जानकारी दिए ।

तत्काल शौचालय र भत्किएको संरचनाको मर्मतका लागि ७५ हजार र बाँकी ७५ हजार रकम काम सञ्चालन भईरहदा विद्यालयलाई हस्तान्तरण गर्ने गरी राहत वितरण गरिएको सापकोटाले वताए । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालको रोहवरमा ओए ग्रुपले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हारुनु मिया चुनारलाई नगद ७५ हजार हस्तान्तरण गरेको छ । 

१ सय ७६ जना विद्यार्थी रहेको सो विद्यालयमा पुरानो संरचना मर्मत र सरसफाई गरेर नया वनाउने र प्राप्त राहतको रकमले संरचना वनाएरअघि बढ्ने विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद महतोले जानकारी दिए । राहत वितरण कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकाजी महतो, नगरपालिकाका कार्यकारी अधिकृत रोमवहादुर महत, वडा नम्वर ३ का वडाअध्यक्ष पुरन महतो लगायत पत्रकार र ओए ग्रुपका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप