मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्यानो वितरण

शुक्रबार, १८ पुस २०७६, १८ : ५४
शुक्रबार, १८ पुस २०७६

काठमाडौं– विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा बाराको मुसहर बस्तीमा न्याना सामान वितरण गरिएको छ ।

यस अन्तर्गत बारा जिल्लाको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो । 

सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो । तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो । 

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप