बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट भ्रमण बर्ष २०२० को सुरुवात

शुक्रबार, १८ पुस २०७६, १७ : २५
शुक्रबार, १८ पुस २०७६

नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्देश्यले युएईबाट भ्रमण बर्ष २०२० शुरु गरिएको छ।

नेपाली समाज युएईको संयोजनमा युएईमा रहेका ४ दर्जनभन्दा बढि नेपाली सामाजिक संघसंस्थाहरुले नेपाल भ्रमण बर्ष २०२० तथा नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाएका हुन् ।

कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्य अनुरुप प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली समाज युएईको प्रवक्ता हरी दुलालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेष बहादुर कार्कीले भ्रमण बर्ष सफल बनाउने काम नेपाल सरकारको मात्र नभएर विश्वभर रहेका आम नेपालीको समेत दायित्व रहेको बताए । 

यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द प्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न आउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि आग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने बताउँदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाएका थिए ।

कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि , गैर आवासीय नेपाली संघ युएई, पर्यटन व्यवसायीहरूले आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा नेपाल भ्रमण वर्षको लोगो अंकित टिसर्ट, नेपाली टोपीलगायतका प्रचार सामाग्री समेत वितरण गरिएको थियो ।

नेपाली दुतावास युएईको श्रम काउन्सिलर भेष बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा नेपाली समाज युएईको अध्यक्ष गोविन्द प्रसाद ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ युएई, प्रवासी नेपाली संघ युएई, नेपाली जनप्रगतिशील मन्च युएई, नेपाली जनसम्पर्क समिति युएई, अन्तराष्ट्रिय नेपाली समाज युएई, नेपाल पत्रकार महासंघ युएई, जनजाति महासंघ युएई लगायत युएईस्थित विभिन्न संघसंस्थाको विशेष प्रतिनिधित्व हरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप