शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीएभी वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ

शुक्रबार, १८ पुस २०७६, १५ : १३
शुक्रबार, १८ पुस २०७६

ललितपुर– डी.ए.भी. कलेजको वातावरण क्लबले पौष १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ गरेको छ । 

वातावरण क्लबका अध्यक्ष एवं अंग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डीएभीका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो । 

सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप