शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३९ वर्षको उमेरमा आमा बनेर सबैलाई चकित पारिन्, वास्तविक जीवनमा पाइलट–रेसर हुन् यी नायिका

शुक्रबार, १८ पुस २०७६, १० : २४
शुक्रबार, १८ पुस २०७६

बलिउड नायिका गुल पनागले जीवनमा धेरैकुरा हासिल गरिसकेकी छिन् र उनले निकै अघिदेखि महिलालाई अघि बढ्न हौसला र प्रेरणा प्रदान गर्दै आएकी छिन् । गुल नायिका मात्रै होइनन् वास्तविक जीवनमा उनले थुप्रै भूमिका निभाइसकेकी छिन् । आज डिसेम्बर ३ तारिख गुलको जन्मदिन हो । उनको जन्मदिनको मौका पारेर उनीबारे केही जानकारी लिऔं । 

सन् २००३ मा फिल्म ‘धुप’ बाट आफ्नो करियरको सुरुवात गर्ने गुल पनाग सन् १९९९ की मिस इन्डिया हुन् । उनले मिस युनिभर्स प्रतियोगितामा पनि भाग लिएकी थिइन् ।

गुल आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् र अहिले पनि निकै फिट छिन् । उनी सोसल मिडियामा आफ्नो फिटनेससम्बन्धित फोटो र भिडियो पनि सेयर गरिरहन्छिन् ।

गुल फिटनेस फ्रिकमात्रै होइनन् खेलकुदमा पनि उनलाई विशेष रुची छ । उनी हाफ म्याराथन रनर र मोटरसाइकल राइडर पनि हुन् । यसका साथै गुल पनाग पाइलट पनि हुन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

And I'm off! Getting to drive this machine is a dream come true! @mahindraracing

A post shared by Gul Panag (@gulpanag) on

जमिन र आकाशसम्मको यात्रा गरिसकेकी गुल पनागले फर्मूला ईको रेस पनि गरिसकेकी छिन् । गुलले स्पेनमा Mahindra Racing's all new M4Electro मा रेसिङ गरेकी थिइन् । उनले सोसल मिडियामा भिडियो पनि सेयर गरेकी थिइन् ।

गुल पनागले आफ्नो नीजि जीवनलाई आफूमा मात्रै सिमित राखिन् । मानिसहरु त्यतिबेला चकित भए जब उनले सन् २०१८ मा आफू एक महिनाको छोराको आमा भएको खुलासा गरिन् । गुलले त्यतिबेला ३९ वर्षको उमेरमा आमा बनेको पनि खुलाइन् ।

गुल पनागका श्रीमान् पाइलट ऋषि अटारी हुन् जोसँग उनले सन् २०११ मार्च १३ मा चन्डीगढको गुरुद्वारेमा पंजाबी रीति–रिवाजमा विवाह गरेकी थिइन् ।

यति मात्रै होइन, गुल पनाग राजनीतिमा पनि प्रवेश भइसकेकी छिन् । उनले सन् २०१४ मा आम आदमी पार्टी जोइन गरेकी थिइन् । उनले चन्डीगढबाट आम निर्वाचन लडेकी थिइन् र नायिका किरण खेरसँग हारेकी थिइन् ।

गुल पनाग समाजसेवा पनि गर्छिन् । गुलले कर्नल शमशेर सिंह फाउन्डेशन नामको एउटा एनजीओ पनि चलाउँछिन् । यो एनजीओ समानता, शिक्षा र प्राकृतिक विपत्तिका लागि काम गर्छ । यसबाहेक गुल Wockhardt Foundation / India Against Corruption movement को पनि हिस्सा भइसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप